Subscribe Us

रजित कर्णले क्वारेन्टाइनका लागि घर दिने


सप्तरी १५ चैत । नेपाली कांग्रेसका युवा नेता, संविधान सभा सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रजित कर्णले सप्तरी जिल्ला राजबिराज नपा वडा न ३ मा रहेको सात कोठाको आफ्नो घर कोरोना भाइरस संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि दिने भएका छन् ।


उनले आफ्नो घर महामारीको समय अबधि सम्म क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् । उनले भने बाढी,पहिरो,भुकम्प लगायतका प्राकृति प्रकोपमा एक नागरिकले अर्को नागरिकलाई हृदय देखि सहयोग गर्नुपर्छ । बिश्व नै संकटमा परेको बेला हामी सबै एकजुट भै सहयोग गर्नुपर्ने भन्दै उनले सामाजिक उत्तरदायीत्व बहन गर्दै विश्वमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हामी आफैले सजगता अपनाउनु पर्छ ।


उनले उक्त बिषयमा सप्तरी जिल्ला प्रशासन समक्ष आफ्नो घर क्वारेन्टाइनका लागि उपयोग गर्न समेत जानकारी गराई सकेका छन् । देश विषम परिस्थितिमा रहेका बेला सरकारलाई सहयोग गरेर अगाडि बढनु पर्ने बताए ।

Post a Comment

0 Comments