Subscribe Us

गोरु बेचेको पैसा नै नक्कली परेपछि

रामेछाप । एक लाख २२ हजार नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको नोटसहित २ जनालाई पक्राउ गरेको हो । 
टोलीले नक्कली नोटसहित खाँडादेवी गाउँपालिका–१ का ढकलबहादुर तामाङ र सोही गाँउपालिका २ वडा लामागुफाका सार्की तामाङलाई पक्राउ गरेको जनाएको छ । 
बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङद्धयको शरिर खानतलासी गर्दा उक्त परिमाणको नक्कली नोट बरामत भएको हो । तामाङद्धयले 

सर्बसाधारणलाई झुक्याएर गाँउघरमा गोरु खरिद गरी नक्कली नोटबाट  भुक्तान गरेका थिए । सो कुराको सुँईको प्रहरीले पाएपछि उनिहरुमाथी अप्रेशन चलाएको थियो ।  सो नक्कली नोट काँहाबाट कसरी रामेछाप पुग्यो भन्ने कुराको अनुसन्धान भईरहेको र नक्कली नोटको मुख्य कारोबारी सम्म पुग्ने गरी अनुसन्धान हुने जिल्लाका डिएसपी बसन्त पाठकले बताए । 



Post a Comment

0 Comments