Subscribe Us

धादिङका विरामीलाई नेपाल नेशनल अस्पतालमा १५ प्रतिशत छुट


काठमाडौँ, ३० फागुन । नेपाल नेशनल अस्पताल कलङ्कीले धादिङका विरामीलाई उपचारमा १५ देखि २० प्रतिशत छुट दिने भएको छ । 

अस्पतालले बुधबार धादिङका सांसद खेमप्रसाद लोहनीको उपस्थितीमा ज्यामरुङ जनकल्याण समाज धादिङसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेल र समाजका अध्यक्ष कृष्णमान श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । 

हस्ताक्षरसँगै चैत १ देखि धादिङका बिरामीले उपचार सेवामा छुट पाउने भएका छन् । उपचार छुटका लागि विरामीले धादिङ जिल्ला स्थायी ठेगाना भएको कुनैपनि परिचयपत्र देखाए पुग्ने भएको छ । 

छोटो समयमा नै नेपाल नेशनल अस्पताल कलंकीले आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष,अनुभवि चिकित्सक तथा नर्सहरुद्धारा न्युन शुल्कमा प्रभावकारी उपचार सेवा दिदै आएको छ ।

Post a Comment

0 Comments