Subscribe Us

समाजसेवी शिव अधिकारी : जसले नुवाकोट तारकेश्वरमा १० हजार ७०० मास्क पठाए


काठमाडौँ  २५ चैत । विश्वव्यापी कोरोना महामारीसँग जुध्ने अभियानका बीच नुवाकोटको तारकेश्वर गाउँपालिकामा घरघरै मास्क वितरण गरिएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ ९नाटोज० तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा १० हजार ७०० थान मास्क तथा ३०० थान स्यानिटाइजर तारकेश्वर गाउँपालिकाका सबै वडामा वितरण गरिएको हो ।


यो विपद्को घडीमा कोरोनाविरुद्ध लड्न ग्रामीण स्तरमा जनचेतना प्रवाह गर्नका लागि मास्क तथा स्यानिटाइजर वितरण गरिएको समाजसेवी शिव अधिकारी अविरलले बताए । अधिकारीले यो आफ्नो सानो कोरोनाविरुद्धको अभियान भएकाले यसलाई सकारात्मक रुपमा लिइदिनुहुन सबै सबैमा अनुरोध गरेका छन् । अधिकारीले हामीसँग संक्षिप्त कुराकानी गर्दै यो विशुद्ध सामाजिक र जनचेतनामूलक अभियान भएकाले यसलाई राजनीतिक रंग नदिनसमेत अनुरोध गरेका छन् । यो विपद्को घडीमा जनतासँग सुखदुःख साट्ने र हामी र उहाँहरुलाई सुरक्षित बनाउने अभियान भएको भन्दै अधिकारीले यसलाई अतिरञ्जित नगर्नसमेत आग्रह गरेका छन् । ुयो या त्यो होइन, सम्पूर्ण तारकेश्वरवासीका लागि मास्क पठाइएको हो । त्यहीअनुसार बुझ्न म सबैलाई आग्रह गर्दछु,ु अधिकारीले भने ।

अधिकारीको संयोजनमा तारकेश्वरका ६ वटै वडाका गाउँबस्तीमा मास्क वितरण गरिएको छ । गाउँपालिकावासीलाई संकटमा साथ दिने अधिकारीको अभियानमा ठमेल पर्यटन विकास परिषद्की वरिष्ठ उपाध्यक्ष तथा युवानेत्री गीता गुरुड, समाजसेवी सीताराम विष्ट, ओआरटुके रेस्टुरेन्ट ठमेलका सञ्चालक तथा समाजसेवी कृष्ण पाण्डे, भिलेज टुरिजम नेपालका अध्यक्ष तेजेन्द्र शर्मा पौडेल तथा केन्द्रीय सदस्य सुधीरशमशेर जंगबहादुर राणा, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नुवाकोट जिल्ला अध्यक्ष रमेशकुमार पाठक, युवा व्यवसायी तथा समाजसेवी मनोजकुमार वस्ती लगायतले सहयोग गरेका छन् । आजै एक प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीले आफ्नो मानवसेवाको महाअभियानमा सँगसँगै दौडिएर साथ दिएकोमा सम्पूर्ण सहयोगी हातहरुलाई विशेष धन्यवाद दिँदै आभार प्रकट गरेका छन् ।

विगत एक दशकदेखि नुवाकोटमा समाजसेवाका कार्यमा सक्रिय अधिकारीको संयोजनमा लकडाउनअघि ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रा।लिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाट सम्म जानका लागि लकडाउन २ दिने निशुल्क बसको व्यवस्था समेत गरेका थिए । चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवत जावतमा रोक लगाएको थियो ।


त्यस्तै यात्रुको सुरक्षाका लागि माक्स पनि बितरण गरिएको थियो । भुकम्पको बेलामा पनि नुवाकोटबासीलाई आफ्नो तर्फबाट सहयोग गरेको स्मरण गर्दै उनले अप्ठ्यारोमा सहयोग गर्नु मानविय धर्म भएकाले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताएक छन् । अधिकारी नुवाकोट तारकेश्वर बासीहरुको समस्याको समाधानको लागि अहोरात्र खटिरहेको कारण हुन सक्छन, अहिले तार्केश्वार बासीको मुटुको ढुकढुकी बनेका छन् ।

Post a Comment

0 Comments