Subscribe Us

भारतीय क्वारेन्टाईनमा नेपाली ! कस्तो छ अवस्था ?

चीनबाट शुरुभई विश्वभर फैलिएको कोरोनाको चपेटमा दक्षिण एसिया पनि परेपछि नेपाल र भारत दुवै देशहरु लकडाउन गर्न बाध्य भएका छन् । लकडाउनको प्राथमिक असर दुवैतिर दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुमाथि परेको छ । त्यसकारण दुवै देशका मजदूरहरु आ–आफ्ना घर फर्किन चाहिरहेका छन् । तर नेपाल सरकारले सिमा नाकाहरु बन्द गरेपछि कतिपय मजदूरहरु घर फर्किन सकेका छैनन् । नेपालमा कार्यरत भारतीय मजदूरहरु नेपालतिरै फसेका छन् भने भारतमा कार्यरत मजदुरहरु भारत तर्फै फसेका छन् । यस्तो अवस्थामा मजदूरहरुको राहतको लागि नेपाल र भारतबीच आपसी सल्लाहमा एकअर्काको नागरिकको खाने बस्ने र स्वास्थ्य सेवाको प्रबन्ध गर्ने सहमति भयो ।
यो सहमति पालना गर्न दुवै देशको लागि खासै गाह्रो पनि छैन । किन कि नेपाल र भारतबीच कुटनीतीक सम्बन्ध मात्र नभई जनस्तरको सम्बन्ध पनि छ । कुटनीतिले आफ्नो कार्य गरिरहँदा दुवै देशका स्नानीय अधिकारी र स्वास्थकर्मीहरुले पनि एक अर्काको सहयोगमा अहोरात्र खटिरहेका छन् । 
महाकाली पारि भारतका धार्चुला, पिढौरागढ र दिदिहाट जिल्लाहरुमा बनाइएको १० वटा क्याम्पमा १२ सय ७३ जना नेपाली मजदुर बसिरहेका छन् । उनीहरुलाई भारत सरकारले राम्रो खाना र बासको व्यवस्था गर्नुको साथै काउन्सिलीङको पनि व्यवस्था गरिएको छ । समय समयमा उनीहरुको स्थास्थ्य परीक्षण पनि गरिदैंछ । धार्चुलाको एक क्याम्पमा बसिरहेका गोविन्द धामी भारत सरकारको प्रबन्धबाट खुसी छन् । उनले त्यहाँको कम्यापमा राम्रो खाने बस्ने व्यवस्था गरिएका बताए । परिवारभन्दा टाढा बस्नुपरेको दुःख र सिमानाका कहिँले खुल्ला भने पर्खाइको बीच भारत सरकारले हाम्रो लागि सुविधासम्पन्न क्याम्पको व्यवस्था गरिदिँदा आफुहरुलाई खुसी धामीले भने ।
धार्चुलास्थित क्याम्पहरु नियमित स्वास्थ्य परीक्षण गर्ने गरिएको र कोरोनाबाट बच्ने उचित परामर्शको साथै उनीहरुलाई काउन्सिंलिङ पनि गर्ने गरिएको क्याम्पमा अहोरात्र खटिरहेका एक अधिकारीले बताए ।

Post a Comment

0 Comments