Subscribe Us

कृषिको व्यवसायीकरणमा राज्यले जोड दिनुपर्छ : सांसद मोहन आचार्य


काठमाडौँ, ४ जेठ । सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम माथीको छलफलमा भाग लिदै सांसद मोहन आचार्यले कृषिको व्यबसायिकरणमा जोड दिनु पर्ने बताउनु भयो।

कृषिको व्यबसायिकरण र राजगारी अभिबृघ्दिका लागी कृषिमा आधारित उधोगकरुको स्थापनामा जोड दिन माग गर्दै सांसद आचार्यले कोरोनाबाट नेपाली अर्थतन्त्रमा पर्ने अल्पकालिन र दिर्धकालीन असरलाई मघ्यनजर गरि सोही बमोजिम नीतिगत सम्बोधन गर्न सरकारलाई आग्रह गर्नु भयो।

नेपालको तुलनात्मकलाभ भएको क्षेत्र जलविधूत क्षेत्रमा लगानी आर्कषित गर्न देहिय र अन्तरदेशिय प्रशारण लाईन विस्तारलाई अगाडी बढाउन माग गर्दै सासद आचार्यले कोरोनाबाट सबै भन्दा प्रभावित पर्यटन क्षेत्रलाई विशेष सम्बोधन गर्न माग गर्नु भयो।

तुलनात्मकरुपमा नेपाली बैकहरुको व्याजदर मंहगो रहेको भन्दै सांसद आचार्यले उत्पादन मुलुक उधोगले लिने ऋणको व्याजदर र अन्य क्षेत्रको ऋणको व्याजदरमा फरक हुनु पर्ने बताउनु भयो।

अहिलेको अबस्थामा राहत प्याकेजले सबैलाई सम्बोधन गर्न सक्नु पर्ने माग गर्दै सांसद आचार्यले विदेशमा अलपत्र परेका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरागरेर स्वदेश पर्काउने व्यबस्था गर्न सरकार संग माग गर्नु भयो।

राज्यले छनौट गर्ने योजनाहरु उतित हुनु पर्ने बताउनु भयो।

Post a Comment

0 Comments