Subscribe Us

लकडाउनमा सांसद दवाडी : चुल्हो नबलेकालाई राहत वितरण गर्दै (फोटोफिचर)


काठमाडौँ, ७ जेठ । नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले लकडाउनको समयमा समस्यामा परेकालाई राहत वितरण गर्नुभएको छ ।


गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले गोरखाबाट चितवन, पोखरा र काठमाडौँमा आएर बसेका व्यक्तिलाई राहत वितरण गर्नुभएको हो ।  साथै, अन्य जिल्लाबाट शहरमा आएर बसेका व्यक्तिलाई समेत सहयोग गर्नुभएको छ । 

१२ वर्षदेखि गोरखाका विभिन्न घर बस्तीमा गएर समाजसेवामा सक्रिय सांसद दवाडीले विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि दैनिक जीवन धान्न अफ्ठयारो परेकालाई राहत वितरण गर्नुभएको हो । “म धेरै वर्षदेखि समाजसेवामा लागेकाले नेपाली जनतालाई गाह्रो पर्दा मनले थाप्न नसकेकाले खाद्यान्न र नगद सहयोग गरेको हुँ,”–उहाँले भन्नुभयो ।


सांसद दवाडीले हालसम्म ३०० भन्दा बढी व्यक्तिको घरमा पुगेर  राहत वितरण गरिसक्नुभएको छ । उहाँले  नुन, दाल र आलुलगायतका खाद्यान्न वितरण गर्नुभएको हो । यस्तै, ग्याँस सकिएर पकाउन नपाएका तथा अस्पतालमा स्वास्थ्य उपचारमा समस्या परेका व्यक्तिलाई नगद सहयोग गर्नुभएको छ । सांसद दवाडीले मानिसको जीवन नै सबैभन्दा ठूलो कुरा भएकाले जीवन धान्न अफ्ठयारो भएका व्यक्तिलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि गोरखाका विभिन्न स्वास्थ्य चौकीमा सेनिटाइजर तथा माक्स समेत वितरण गर्नुभएको छ । राहत वितरण गर्दै सांसद दवाडीले सरकारले कृषि उत्पादनलाई प्राथमिकता दिने घोषणा गरेपनि लकडाउनको समयमा ग्रामिण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, माछामासु, दुध बजारमा लैजान नपाउँदा गरिब जनता मारमा परेको बताउनुभयो ।

सांसद दवाडीले ग्रामिण क्षेत्रमा उत्पादित कृषिका सामानलाई बजारसम्म लैजाने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षणसमेत गर्नुभयो ।

Post a Comment

0 Comments