आफ्नो संस्था बदनाम हुने डरले ई–सेवाले गैर कानुनी धन्दा गर्ने व्यक्तिको पहिचान र प्रमाण हुँदा हुँदै बचाउन खोजेको देखिन्छ । बेटिङको पैसा ट्रान्सफर गरेको दाबी ई–सेवा आफंैले गरेको छ

ई–सेवा एकाउण्ट भएका व्यक्तिलाई उसको एकाउण्टबाट कारोबार भएको रकमको १३ प्रतिशत कमिशन दिने लोभमा एजेन्ट बनाउँदै आएका छन्

काठमाडौं । सरल र सहजताको लागि प्रयोग हुँदै आएको ईन्टरनेट बैंकिङ सुबिधा पछिल्लो समय आपराधिक गतिबिधिमा प्रयोग हुन थालेको छ ।ईन्टरनेट बैंकिङ प्रणालीका कारण भुत्तानीका कामहरुमा धेरै नै सहज हुने भएपछि बिजुलीको बिल तिर्नेदेखि मोबाईल रिर्चाज, हवाई यातायातको टिकटसम्म ईन्टनेटको प्रणालीबाट खरिद गर्न सकिन्छ । 



ईन्टरनेट बैकिङको कारण हजारांै सर्बसाधारणको महत्वपूर्ण समय खेर जानबाट बचेको छ । अहिले नेपालमा लाखौं व्यक्तिले ईन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका छन् । हरेक बैंकले अहिले ईन्टरनेट सेवा सुरु गरेका छन् । एउटा एकाउण्टबाट अर्कोमा सजिलै अहिले ईन्टरनेट प्रणालीद्वारा रकमान्तर गर्न सकिन्छ । तर त्यहि ईन्टरनेट प्रणालीको कमजोरीको फाईदा उठाउँदै केही आपराधिक गिरोहले यसलाई गलत धन्दाको लागि दुरुपयोग गर्दै आएको रहस्य खुलासा भएको छ । 


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी धन्दा होस् वा क्यासिनोमा हुने अनलाईन जुवा अहिले यी गैर कानुनी धन्दामा ईन्टरनेट बैंकिङ सेवाको दुरुपयोग भएको हो । ईन्टरनेट बैंकिङ सेवा मध्ये सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सहल्कार अजगर अलीको ई–सेवा आपराधिक गिरोहले बढी दुरुपयोग गर्ने गरेको पाईएको हो । 


ई–सेवाका एकाउण्ट होल्डरलाई १३ प्रतिशत कमिशन दिएर (वान एक्स बेट) नामक एक साईडले अनलाईन जुवा र सट्टेबाजीको रुपैंया ट्रान्सफर गर्दै आएको प्रमाण अपराध खबरले फेला पारेको हो । ति एकाउण्टबाट सट्टेबाजीको रकम हेरफेर भएको ई–सेवा नामक बैंकिङ कारोबार सञ्चालन गर्दै आएको ‘रिक्स म्यानेजमेन्ट एण्ड कम्पिलिन्स’ कुनै कानुनी उपचार भने खोजेको छैन । जसको अध्यक्ष प्रधानमन्त्री ओलीका सञ्चार बिज्ञ अजगर हुन् । 

कम्पनीले वान एक्स बेटलाई चेतावनीयुक्त मेल गरे पनि कम्पनीले आफ्नो साख जोगाउन सम्बन्धि निकायमा उजुरी गरेको छैन । कम्पनीले मेलमा भनेको छ, ‘ई–सेवाबाट हुँदै आएको बेटिङको कारोबार तत्काल नरोके कानुनी उपचार खोजिने छ ।’
आफ्नो संस्था बदनाम हुने डरले ई–सेवाले गैर कानुनी धन्दा गर्ने व्यक्तिको पहिचान र प्रमाण हुँदा हुँदै बचाउन खोजेको देखिन्छ । बेटिङको पैसा ट्रान्सफर गरेको दाबी ई–सेवा आफंैले गरेको छ । 


स्रोतका अनुसार रसियाको दुई नम्बर आईएमब प्रयोग गरेर नेपालमा वान एक्स बेटले आफ्नो धन्दा चलाउँदै आएको छ । ७९२६७९७३४०२ नम्बर अमित कुमारको हो भने ७९२५९२६७८०५ रोशन श्रेष्ठको हो । यी व्यक्ति को हुन् र कहाँका हुन् भन्ने भने खुलेको छैन । यी दुईले अन्य नेपाली एजेन्टको नियुक्त गरेर अनलाइन जुवा र सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । स्रोतका अनुसार ई–सेवा एकाउण्ट भएका व्यक्तिलाई उसको एकाउण्टबाट कारोबार भएको रकमको १३ प्रतिशत कमिशन दिने लोभमा एजेन्ट बनाउँदै आएका छन् । 

बानेश्वरका सुदिप भन्ने व्यक्तिले आफूलाई नेपालको व्यपस्थापक भएको बताउँदै आएका छन् । उनले ९८५१०२४७६५ नम्बरको मोबाइल प्रयोग गरेर बेटिङको धन्दा चलाउँदै आएका छन् । स्रोतका अनुसार दैनिक दश करोड भन्दा बढी रुपैंयाको कारोबर यस धन्दामा हुँदै आएको स्रोत बताउँछ । गत बर्षसम्म बेटिङका राज नागराज थिए । उनी पक्राउ सँगै अहिले उनि गुमनाम छन् । 


Post a Comment

 
Top