Subscribe Us

महासचिव सिटौलाको पिसिआर रिपोर्ट नेगेटिभ


काठमाडौँ, १० जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा शुक्रबार गरिएको पिसिआर परिक्षणको आज आएको रिपोर्र्ट नेगेटिभ देखिएको हो ।

नेपालको यातायात क्षेत्रको विकास र विस्तारमा फ्रन्टलाइनमा अहोरात्र खटेर काम गर्दै आएका महासचिव सिटौलाले शुक्रबार दम्पत्तीसहित पिसिआर परिक्षण गराएका थिए ।

विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन गरेसँगै देशभरका सार्वजनिक यातायात बन्द छन् ।

महासचिव सिटौलाले सार्वजनिक यातायात नचल्दा भएको क्षतिबारे सरकार र सम्बन्धित निकायलाई फ्रन्टलाईनमा बसेर ध्यानाकर्षण गराँउदै आएका छन् ।

Post a Comment

0 Comments