Subscribe Us

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण


नुवाकोट, १७ जेठ । कोरोना महामारी विरुद्धको लडाइँका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले गृहजिल्ला नुवाकोटका १२ वटै स्थानीय तह, सबै तहका कांग्रेस पार्टी एकाइ, सुरक्षा चौकी र जिल्लामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन् ।

आज सदरमुकाम विदुरमा सबै तहका प्रमुख र उपप्रमुख, पार्टी एकाइ पदाधिकारी, जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधि र पत्रकारहरूलाई आमन्त्रण गरी सांसद लामाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सांसद लामाले वितरण गरेको सामग्रीमा १५५ सेट पिपिई ९बुटसमेत०, ५५ थान इन्फ्रारेड फोरहेड थर्मोमिटर ९थर्मल गन०, १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८०० थान एन९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १०५ लिटर स्यानिटाइजर र १ थान बिग स्प्रे मेसिन समावेश छ ।

आज मध्याह्न विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयबाट सांसद लामाले जिल्लाका १० गाउँपालिका र दुई नगरपालिकालाई प्रति तह ५ सेट पिपिई, २ थान थर्मल गन, १ थान स्यानिटाइजर स्प्रे मेसिन, ५ लिटर ह्यान्ड स्यानिटाइजर, ५ लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २० थान एन(९५ मास्क, ३०० थान सर्जिकल मास्क र २०० थान कपडाको मास्क हस्तान्तरण गरे ।

 हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद लामाले महामारीको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एक भएर महामारी विरुद्ध लड्नुपर्ने भन्दै सम्पूर्ण दल, प्रशासन, सुरक्षा संयन्त्र, सामाजिक संघसंस्था, उद्योगी(व्यापारी, सञ्चारकर्मी र नागरिक समाज सबै मिलेर कोरोना रोकथाममा चनाखो भएर लागिपर्न अपिल गरे । कोरोना रोकथामको अभियानमा आफ्नो साथ र सहयोग निरन्तर रहने बताउँदै लामाले जिल्लावासीलाई महामारीबाट जोगाउन जस्तोसुकै योगदान गर्न आफू तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला प्रहरी प्रमुख डिएसपी अभिनारयण काफ्ले, नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, जिपी कोइराला फाउन्डेसन नुवाकोटका उपाध्यक्ष शिव अधिकारी अविरल लगायतको उपस्थिति थियो ।

लगत्तै, विदुरस्थित नेपाली कांग्रेस पार्टी कार्यालय पुगेर कांग्रेस नेता तथा सांसद लामाले त्यहाँ उपस्थित सबै स्थानीय तहका पार्टी एकाइ पदाधिकारी, जिल्लाभरका ब्यारेक तथा प्रहरी चौकीका प्रतिनिधि र जिल्लामा क्रियाशील पत्रकारहरुलाई पिपिई सेट, थर्मल गन, एन(९५, सर्जिकल तथा क्लोथ मास्क, स्यानिटाइजर, साबुन लगायत स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री हस्तान्तरण गरे । सोही अवसरमा उनले विदुरस्थित जिल्ला प्रहरी कार्यालयअन्तर्गतको प्रहरी चेकपोस्टलाई एक थान बिग स्प्रे मेसिन समेत प्रदान गरे ।

गत साता सांसद लामाले लिखु गाउँपालिकालाई स्यानिटाइजर स्प्रे मेसिन, थर्मल गन, एन(९५ मास्क, मेडिकल मास्क, एप्रोन सेट लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।
सामग्री ग्रहण गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै स्थानीय तहका प्रमुखहरुले जरुरी सामग्री उपलब्ध गराएकोमा सांसद लामाप्रति आभार प्रकट गरेका छन् । लामाबाट यस्तै सहयोग निरन्तर प्राप्त हुने उनीहरुको अपेक्षा छ ।

नुवाकोटमा विकासप्रेमी नेताको छवि बनाएका लामा यसअघि किस्पाङ गाउँपालिकाभर सेवामा खटिने स्वास्थ्यकर्मीका लागि पिपिई लगायत स्वास्थ्य सुरक्षा सामग्री लिएर गाउँ पसेका थिए । यसपटक भने नुवाकोटका १२ वटै तहमा पुग्ने गरी स्वास्थ्य सामग्री बोकेर जिल्ला पसेका हुन् ।

विपद्का बेला जनताका सुखदुःमा जोडिनु जनप्रतिनिधिको कर्तव्य नै हो । उनी यसलाई आफ्नो स्वाभाविक दायित्व ठान्छन् । यतिखेर आफ्नो जिल्लालाई महामारीबाट जोगाउन लागिपरेका लामा विपद्का बेला जिल्लाप्रति आफ्नो दायित्व र जिम्मेवारी अझै बढी हुने ठान्छन् ।

महामारीसँगै दुई महिनादेखिको लकडाउनका कारण आर्थिक संकटमा परेका परिवारको सहायताका विषयमा पनि आफू लगायत सबै जनप्रतिनिधिले ध्यान केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

Post a Comment

0 Comments