Subscribe Us

काँग्रेस सभापति देउवालाई नेविसंघ नेता शिव रिमालको खुलापत्र


काठमाडौँ, २४ जेठ । नेपाल विद्यार्थी संघका पूर्व कोषाध्यक्ष शिव रिमालले काँग्रेस सभापति शेरबहादुर देउवालाई खुलापत्र लेखेका छन् ।

देश अहिले कोरोनाको कारणबाट भयवह स्थितिमा छ भने अर्को तिर भारतले नेपालको सिमा मिचेर हामीलाई ठाडो चुनौती दिएको छ।

नेपाली कांग्रेस पार्टी भित्र विविध असहमति हुदाहुँदै पनि केन्द्रीय समितिका सबैजना कोराना र राष्ट्रियताको विषयमा एकजुट हुँदै केन्द्रीय सभापति एवं सरकारलाई  सहयोग गर्दै अगाडि बढेको सबैमा सर्वबिधितै छ ।

चिनले सगरमाथा माथी आफ्नो दावि प्रस्तुत गर्दा तत्कालीन प्रधानमन्त्री जननायक वि।पी।कोईरालाको अग्रसरतामा चिनियाँ सर्वोच्च नेता माओत्से तुङ्सॅग कुटनैतिक वार्ता मार्फत सगरमाथा नेपालीको हो भनी विपी कोइरालाले प्रमाणित गर्नुभएको थियो ।

तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले सांसदमा दिएको मन्तव्य विरुद्ध नेपालका तत्कालीन प्रधानमन्त्री वि।पी।कोइरालाले नेपालीको सार्वभौमिकता माथी आक्रमण भएको ठहर गर्दै भारत सरकारलाई पत्र पठाउनु भएको थियो र तत्कालै भारतीय प्रधानमन्त्रीले सासदमा माफी नै मागेको थिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाल हो भनी भारतलाई कुटनैतिक पत्र पठाउनु भएको थियो भने चिनियाँ राजदुतलाई बालुवाटार बोलाएर स्पष्टीकरण सोध्नुभएको थियो।

इतिहासदेखि वर्तमानसम्म नेपालीको राष्ट्रियतालाई मजबुत बनाउन र देशमा लोकतन्त्र स्थापना गर्न कोइराला परिवारको महत्त्वपूर्ण योगदानलाई हामी सबैले सम्मान गर्नुपर्छ। ईतिहास साक्षी छ।

आम नेपाली जनताको साथमा कोइरालाहरूले मुलुकका लागि गरेको योगदान अतुलनिय छ । प्रजातन्त्र स्थापनाका लागि ठुलो योगदान गरे ।

पार्टी स्थापना गरे।  कुनै पनि लोकतान्त्रिक आन्दोलनसँग भएको क्रान्तिलाई संयोग मात्र मान्न मिल्दैन ।  हेक्का राख्नै पर्छ, शेखर कोइराला जेल पर्दा र प्रवासमा बसेर प्रजातन्त्रको लागी लडिरहॅदा मात्रै होईन तत्कालीन माओवादीसँग दिल्लीमा गएर तिलस्मी वार्ताले आज मुलुक एउटा ुरोड म्यापुमा डोरिएको छ ।

 आज नेपाली कांग्रेसका एक खम्बा लोकप्रिय नेता डा। शेखर कोइरालाको बिषयमा कम्युनिष्ट पार्टी समर्थित अनलाइन मिडियामा राजनीति चरीत्र हत्या गर्न उदेश्यले भएका प्रचार र नियत रुख काटेर हलो बनाउन खोज्नुू जस्तै हो । नेपाली कांग्रेस पार्टी माथीको दुःखद प्रहार हो ।

त्यसकारण यस्ता गलत समाचार सम्प्रेषण गर्ने जो कोहीलाई पनि कांग्रेसको मर्यादा र अनुशासनमा राख्न आदरणीय पार्टी सभापति देउवा ज्युलाई यस खुल्ला पत्र मार्फत विनम्रतापुर्व हार्दिक अनुरोध गर्दछु। 

Post a Comment

0 Comments