खल्तीबाट दैनिक दुई करोडको अबैध कारोबार



काठमाडौं । 'वान एक्स बेट'को अबैध बेटिङ धन्दाको कारोबारलाई ई–सेवाले निषेध गरेपछि 'वान एक्स बेट' ले अहिले खल्तीको दुरुपयोग गर्न थालेको प्रमाण फेला परेको छ । बेटिङ धन्दाको रुपैंया रकमान्तर गर्न 'वान एक्स बेट'ले ई सेवाको दुरुपयोग गर्दै आएको थियो ।

वान एक्स बेटको बेटिङ धन्दाको अपराध खबरले पर्दाफास गरेपछि ईसेवाले बेटिङको कारोबारको रकम रकमान्तरमा रोक लगाएको हो । यस अनलाइनले समाचार प्रकाशित गरेपछि यस बिषयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले समेत अनुसन्धान थालेको छ ।

अहिले नेपालमा लाखौं व्यक्तिले ईन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका छन् । हरेक बैंकले अहिले ईन्टरनेट सेवा सुरु गरेका छन् । एउटा एकाउन्टबाट अर्कोमा सजिलै अहिले ईन्टरनेट प्रणालीद्वारा रकमान्तर गर्न सकिन्छ । तर त्यहि ईन्टरनेट प्रणालीको कमजोरीको फाईदा उठाउँदै 'वान एक्स बेट' जस्ता आपराधिक गिरोहले यसलाई गलत धन्दाको लागि दुरुपयोग गर्न थालेका छन् । ई सेवाबाट 'वान एक्स बेट' को कारोबार बन्द भएपछि अहिले खल्तीले मोटो रकम असुलेर 'वान एक्स बेट' सँग साँठगाँठ गरेको स्रोतको दाबी छ । दैनिक अहिले 'वान एक्स बेट'ले खल्तीबाट दुई करोडको अबैध कारोबार गर्दै आएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी धन्दा होस् वा क्यासिनोमा हुने अनलाईन जुवा अहिले यी गैर कानुनी धन्दामा ईन्टरनेट बैंकिङ सेवाको दुरुपयोग हुन थालेको हो ।

ई–सेवा एकाउण्ट होल्डरलाई १३ प्रतिशत कमिशन दिएर 'वान एक्स बेट' नामक एक बेटिङ साईडले अनलाईन जुवा र सट्टेबाजीको रुपैंया ट्रान्सफर गर्दै आएको प्रमाण अपराध खबरले फेला पारेको हो । यस अघि ई–सेवाले गैर कानुनी धन्दा गर्ने 'वान एक्स बेट' बारेमा प्रमाण हुँदा हुँदै बचाउन खोजेको देखिन्छ । बेटिङको पैसा ट्रान्सफर गरेको दाबी ई–सेवा आँफैले गरेको छ ।

स्रोतका अनुसार रसियाको दुई नम्बरबाट 'इमो' प्रयोग गरेर नेपालमा 'वान एक्स बेट'ले आफ्नो धन्दा चलाउँदै आएको छ । ७९२६७९७३४०२ नम्बर अमित कुमारको हो भने ७९२५९२६७८०५ रोशन श्रेष्ठको हो । यी व्यक्ति को हुन् र कहाँका हुन् भन्ने भने खुलेको छैन । यी दुईले अन्य नेपाली एजेन्टको नियुक्त गरेर अनलाइन जुवा र सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् ।

स्रोतका अनुसार ई–सेवा एकाउण्ट भएका व्यक्तिलाई उसको एकाउण्टबाट कारोबार भएको रकमको १३ प्रतिशत कमिशन दिने लोभमा एजेन्ट बनाउँदै आएका छन् ।

बानेश्वरका सुदिप भन्ने व्यक्तिले आफूलाई नेपालको व्यपस्थापक भएको बताउँदै आएका छन् । उनले ९८५१०२४७६५ नम्बरको मोबाइल प्रयोग गरेर बेटिङको धन्दा चलाउँदै आएका छन् । स्रोतका अनुसार दैनिक दश करोड भन्दा बढी रुपैंयाको कारोबर यस धन्दामा हुँदै आएको स्रोत बताउँछ । गत बर्षसम्म बेटिङका राज नागराज थिए । उनी पक्राउसँगै अहिले उनि गुमनाम छन् ।

यो पनि हेर्नुहोस्
1xbet.com मा यसरी हुन्छ ई–सेवाबाट जुवा– बेटिङ धन्दा, को–को छन् सक्रिय ?

Post a Comment

 
Top