Subscribe Us

संखुवासभा बेसिन्दाको पहिरोपीडितलाई राहत र उद्धारमा जुटे काँग्रेस नेता दिपक खड्का


काठमाडौँ, ३० असार । नेपाली काँग्रेसका नेता दिपक खड्का संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको पहिरोले पुरिएकाको उद्धार र राहतमा जुटेका छन् ।

शनिबार रातीको अविरल वर्षाबाट पहिरोले क्षति पु¥याएको सिसुवाखोला बेसिन्दाको बासिन्दालाई राहत र उद्धारका लागि आज दिउँसो निजी खर्चमा सिम्रिक एयरको हेलिकप्टर लिएर उहाँ बेसिन्दा पुग्नुभएको हो ।

संखुवासभाको खाँदबारीबाट एक दिन टाढा विपन्न वस्तीमा गएको पहिरोबाट आठ घर बगाउँदा ११ जना सम्पर्कविहीन भएपनि अहिलेसम्म उनीहरुको अवस्था अज्ञात रहेको छ ।

नेता खड्काले सिसुवाखोला वरपरको क्षेत्र पहिरोले तहसनहस पारेर जनधनको क्षति भएको बेलामा औषधी, त्रिपाल, पाइप, खाद्यान्नलगायतका सामाग्री लिएर सो ठाउँ पुग्नुभएको हो ।

“बेसिन्दा गाउँ नै शोकमा डुबेको बेलामा म यस जिल्लाको पूर्व संविधानसभा सदस्य तथा समाजसेवी भएकाले मेरो मनले थाम्न नसकेर हेलिकप्टर लिएर राहत वितरणका लागि यस स्थानमा आएको हुँ,”–नेता खड्काले भन्नुभयो ।

उहाँले देशमा तीन तहको सरकार भएपनि उद्धार र राहतमा ढिलाई भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेता खड्काले विपत्तिको बेलामा एकजुट भएर सामना गर्नसमेत सबैलाई आग्रह गर्नुभएको छ ।

पहिरोले घर बगाएको तीन दिन वितिसक्दा पनि अहिलेसम्म उक्त क्षेत्रमा सरकारको तर्फबाट कोहीपनि नआएको स्थानीयहरुले गुनासो गरेका छन् ।

नेता खड्कासँगै काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ तथा युवा समाजसेवी एवम् पर्वतारोही मिङ्मा शेर्पासमेत राहत र उद्धारका लागि बेसिन्दा पुग्नुभएको थियो ।

Post a Comment

0 Comments