Subscribe Us

कुर्ले युर्बा संघका अध्यक्ष बस्नेत, चरीको हत्या, छानबिन हुन पर्छ

काठमाडौं । प्रहरीले पक्राउ गरी हत्या गरेको भन्दै एमाले धादिङका नेता, युवा संघका नेता तथा कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ता एक घन्टा धर्नामा बसेका हुन् । उनिहरुले एमाले धादिङ क्षेत्र नम्बरका १ का पूर्वउपाध्यक्ष समेत रहेका चरीलाई  नियाृजीत रुपमा प्रहरीले मारेको आरोप लगाएका छन् । प्रहरी मुठभेडमा मारिएका चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।

धर्नामा एमाले केन्द्रीय सदस्य खेम लोहनी, युवा संघका अध्यक्ष महेश बस्नेत र अनेरास्ववियुका उपाध्यक्ष ऐन महरको समेत सहभागिता थियो । महेश बस्नेतले हप्ता असुल्ने प्रहरीले दिनेशको हत्या गरेको दाबी गरे । धर्ना कार्यक्रमको नेतृत्व गरेका युवा संघका अध्यक्ष बस्नेतले प्रहरीलाई गुण्डा भदै चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरे ।

चरीलाई कलंकीबाट पक्राउ गरी गाडीभित्र हालेर गोली हानेको र भीमढुङ्गामा लागेर शव सार्वजनिक गरिएको उनले बताए । ‘अदालतमा हाजिर हुन तयार भएको व्यक्तिलाई पक्राउ गरेर गरिएको गैह्रन्यायिक हत्या गरिएको हो, गुण्डासँग पैसा लिएर प्रहरीले चरीको हत्या गरेका हुन्’, उनले भने  करोडौं घुस दिएर काठमाडौं आएका हप्ता असुल्ने केही प्रहरीले चरीको हत्या गरेका उनको दाबी थियो । बस्नेतले भने, उनको हत्या गर्न प्रहरीले गुण्डासँग मिलेर ६ महिनाअघिबाट योजना बनाएको पत्ता लगाएका छौं ।’

आफूहरु संयमितरुपमा प्रस्तुत भएको भन्दै बस्नेतले सरकारले आफूहरुको कुरा नजरअन्दाज गरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘यो हत्याकाण्डको छानविन भएर दोषीलाई काुननी दायरामा ल्याइनुपर्छ’ अध्यक्ष बस्नेतले भने,  ‘निष्पक्ष छानविन गरिएन भने हामी एमालेका सबै भातृसंंगठन मिलेर आन्दोलन चर्काउछौं ।’

युवा संघका अध्यक्ष बस्नेतले चरी हत्याकाण्डसँग जोडेर केही मिडिया एमाले अध्यक्ष केपी ओलीविरुद्ध नियोजितरुपमा लागेको आरोप लगाए । उनले भने(’मिडियाले समाचार लेख्ने हो, राजनीति गर्ने होइन । एमालेभित्र राजनीति गर्न खोज्ने मिडियालाई सच्चिन खबरदारी गर्छौं ।’

धर्ना कार्यक्रममा एमाले केन्द्रीय सदस्य खेम लोहनी, अनेरास्ववियुका उपाध्यक्ष ऐन महर र दिनेशका दाजु धु्रब अधिकारीले पनि बोलेका थिए । ध्रुव दिनेशको हत्याबारे छानविन नगरुन्जले शन नबुझ्ने बताए ।

Post a Comment

0 Comments