Subscribe Us

चेसमा नेपालको फितलोे प्रर्दशन

काठमाडौ ।  नेपालले नर्वेको ट्रोम्सोमा सञ्चालन भइरहेको ४१ औं चेस ओलम्पियाडमा कमजोर सुरुआतको कारण पहिलो चरणबाटै बाहिरिएको छ ।  नेपाली महिला र पुरुष दुवै टिमले शनिबार पहिलो चरणको खेलमै हार बेहोरेपछि बाहिरिएका हुन् । चेस ओलम्पियाडको पहिलो चरणमा १ सय २८ औं वरीयताप्राप्त नेपाल ४२ औं वरीयताको बोस्निया एन्ड हर्ज गोभिनासँग ४० ले पराजित भयो।

 पहिलो नेपाली फिडे मास्टर एफएम मनीष हमालले विश्राम लिएको राउन्डको पहिलो बोर्डमा अर्का एफएम १९३० रेटेड सुजेन्द्रप्रसाद श्रेष्ठ बोस्नियाका ग्रान्डमास्टर ९जीएम० २६०४ रेटेड वोर्की प्रेडोजेभिकसँग पराजित हुन पुगे भने दोस्रो बोर्डमा २०६१ रेटेड रिजेन्द्रराज भण्डारी अर्का जीएम २५०३ रेडेट डालिवर स्टोजानोभिकसँग हारे।

तेस्रो बोर्डमा खेलेका १९८० रेटेड सजिन महर्जनले राम्रो सुरुआत गरे पनि २८ औं चालमा गरेको सानो गल्तीका कारण अन्तर्राष्ट्रिय मास्टर २४७३ रेटेड डेनिस कादरिकलाई खेल सुम्पन बाध्य भए। 

नेपाल च्याम्पियन केशव श्रेष्ठले चौथो बोर्डमा प्रतिस्पर्धा गरेका थिए। अनुभवी २१३७ रेटेड सीएम केशवले २३७३ रेटेड एफएम डिजाम मार्जोनोभिकसँग खेल गुमाउन पुगे। नेपालले सहभागिता जनाएका ६ मध्ये पाँच ओलम्पियाडमा उनले प्रतिस्पर्धा गरेका छन्।

 अब दोस्रो राउन्डमा नेपालले आफूभन्दा कमजोर १ सय ६० औं वरीयताकोे गुआमको सामना गर्दै छ। गुआमविरुद्ध मनीष पहिलो, सुजेन्द्र दोस्रो, रिजेन्द्र तेस्रो र केशव चौथो बोर्डमा प्रतिस्पर्धा गर्दै छन्। सहभागी ५ मध्ये एक खेलाडीले प्रत्येक राउन्डमा विश्राम पाउनेछन्। गुआमका दुई खेलाडी अनरेटेड हुन्। यसअघिको संस्करणमा पनि नेपालले गुआमलाई पराजित गरेको थियो।

चेस ओलम्पियाडमा पहिलो सहभागिता जनाइरहेको सयौं वरीयता पाएको नेपाली महिला टोलीले आफूभन्दा बलियो ३३ औं वरीयताको टर्कीसँग ४० को हार बेहोर्‍यो।

पहिलो बोर्डमा नेपाल च्याम्पियन १५९२ रेटेड बिना जैसवाल २२९१ रेटेड महिला ग्रान्ड मास्टर कुव्रा जोन्टुर्कसँग पराजित भइन् भने १७७१ रेटेड मोनासिला खम्बू २१९० रेटिङ प्राप्त महिला अन्तर्राष्ट्रिय मास्टर्स खायला इस्गान्डारोभासँग, १६६३ रेटेड अस्मिता अधिकारी अर्की डब्लूआईएम २१५६ रेटेड जेहरा टोपेलसँग हार बेहोर्न बाध्य भए। त्यस्तै १६६७ रेटेड बिना जैसवाल डब्लूसीएम कार्डेलेन केमहनसँग हारिन्।

क्रिसनले सहयोग गर्नेचेस ओलम्पियाडको उद्घाटन समारोहमा सहभागी भएका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शनिबार फिडेमा अध्यक्ष क्रिसन इल्युझिनोभसँग भेट गरेका छन्। त्यस भेटमा क्रिसनले नेपाली चेसलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले जनाएका छन्।

 जोशीका अनुसार उनले सन् २०१४ को डिसेम्बरमा लर्डबुद्ध अन्तर्राष्ट्रिय चेस प्रतियोगिता आयोजनाका लागि सहयोग गर्ने भएका छन्। फिडे अध्यक्षले प्रतियोगिताको पुरस्कार रकम प्रायोजन गर्नेछन्।

Post a Comment

0 Comments