काठमाडौ, भाद्र १६ । अध्ययनका लागि घरबाट निस्किएका एक विद्यार्थीको अपहरण परेलगत्तै प्रहरीलेद्धार गरेको छ । थानकोटबाट कलंकी स्थित कलेज हिँडेका उनी बाटोबाटै अपहरणमा परेका थिए । सोमबार बिहान कलंकीको काष्ठमण्डप कलेज पढ्न हिंडेका वीरेन क्षेत्रीको अपहरण भएको थियो । उनलाई ५ जनाको समूहमा आएका अपहरणकारीको समूहले जबरजस्ती हायस माईक्रो बसमा हालेर लगेका थिए । प्रहरीले क्षेत्रीको उद्धार गर्दै अपहरणमा संलग्न ४ जनालाई नियन्त्रण्मामा लिएको छ महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी यज्ञविनोद पोखरेलले बताए ।
वीरेनका दाजु तुला बहादुर क्षेत्रीले गराउना साथ महानगरीय प्रहरी बृत कालीमाटीबाट खटिएको प्रहरी टोलीले सिता पेट्रोल पम्म खसी बजार नजिकबाट वीरेनलाई उद्धार गरेको थियो । पक्राउ पर्नेमा सुशान्त पोखरेल, अन्वेष अधिकारी, अमित श्रेष्ठ र छिरिङ शेर्पा छन् । अर्का एक भने फरार रहेको प्रहरीले जनाएको छ ।
यस कारण सुशान्तले गरे बीरेणको अपहरण
सुशान्तकी आमा सीतादेवीले वीरेनकी आमा मीना खत्रीलाई करिब २ वर्षअघि पाँच लाख रुपैयाँ सापटी दिएकी थिइन् । बैंकबाट निकालेर दिएको रकम मीनाले फिर्ता नगर्दा सुशान्तकी आमा तनावमा थिइन् ।सुशान्तका बुबा वैदेशिक रोजगारी गरेर कतारबाट आइतबारमात्रै घर फर्केका थिए । बुबालाई समेत थाहा नदिई आमाले दिएको सापटीले घर डुब्न लागेपछि आफूले अत्तालिएर वीरेनलाई उठाउने निष्कर्शमा पुगेको सुशान्तको भनाइ छ । नाताले उनीहरु दिदी बहिनी हुन ।
यस कारण सुशान्तले गरे बीरेणको अपहरण
सुशान्तकी आमा सीतादेवीले वीरेनकी आमा मीना खत्रीलाई करिब २ वर्षअघि पाँच लाख रुपैयाँ सापटी दिएकी थिइन् । बैंकबाट निकालेर दिएको रकम मीनाले फिर्ता नगर्दा सुशान्तकी आमा तनावमा थिइन् ।सुशान्तका बुबा वैदेशिक रोजगारी गरेर कतारबाट आइतबारमात्रै घर फर्केका थिए । बुबालाई समेत थाहा नदिई आमाले दिएको सापटीले घर डुब्न लागेपछि आफूले अत्तालिएर वीरेनलाई उठाउने निष्कर्शमा पुगेको सुशान्तको भनाइ छ । नाताले उनीहरु दिदी बहिनी हुन ।
वीरेनकी आमालाई ममीले बैंकबाट २१ प्रतिशत ब्याज तिर्ने गरी लिएको पाँच लाख रुपैयाँ कागज नगरिकन दिनुभएको थियो, त्यो पैसा उठाउन ममी धेरैपटक प्रहरीमा धाउनुभयो’, सुशान्तले डीएसपी पोखरेलकै अगाडि सुनाए, ‘फसेको पैसा उठाइदिन निवेदन लिएर ममी थानकोट चेकपोष्ट र हनुमानढोकामा पटक पटक पुग्नुभयो, तर प्रहरीले आमाको कुरा सुनेनन् । वीरेनकी आमा गाउँबाट गायव भएको तीन महिना भइसकेको छ, पटक(पटक खोज्दा पनि भेटिइनन्, गाउँका अरुको पनि लाखौं डुबाइदिएकी छन् ।
सुशान्तले दुई वर्षअघिदेखि परिचित केही साथीलाई वीरेनलाई उठाएर फसेको पैसा उठाउन साथ मागेका थिए । साथीहरुको साथ पाएपछि वीरेनलाई उठाउनैका लागि दुईदिन अघिमात्रै थप दुईजनासँग सुशान्तले परिचय गरेका थिए । अपहरण गरेपछि भने गल्ती गरेको महसुस भएको भन्दै सुशान्तले आमालाई भेटाइदे भन्दै शुरुमा एक झप्पु हानेको प्रहरीसमक्ष बयान दिएका छन् । कालीमाटी प्रहरीवृत्तको हिरासमा रहेका सुशान्तले सानै उमेरमा गम्भीर गल्ती गरेकाले सजायँ भोग्न तयार रहेको दोहोर्याए ।
यी हुन् सुशान्तका सहयोगी
यी हुन् सुशान्तका सहयोगी
कालीमाटीवृत्तका डीएसपी पोखरेलका अनुसार अपहरणका नाइके सुशान्त आफैं हुन् । उनलाई साथ दिनेहरु पनि उनीजस्तै किशोर नै रहेका छन् । वीरेनको अपहरणमा दोलखाको माली घर भई थानकोट २ मा बस्ने छिरिङ्ग शेर्पा, मकवानपुर घर भई मातातीर्थ बस्ने २३ वर्षीय अश्विन अधिकारी, ललितपुरको लेले(१ घर भई नरदेवी बस्ने २२ वर्षीय अमित श्रेष्ठ रहेका छन् ।
0 Comments