Subscribe Us

राष्ट्रिय निकुञ्जका कर्मचारीमाथी गोली प्रहार गरि हत्या गर्ने पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीमाथी गोली प्रहार गरि हत्या गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी निरिक्षक रुगम कुवंरको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोली प्रहार गरि हत्या गर्ने तीन जनालाई पक्राउ गर्न सफल भएको  छ । प्रहरीले उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

 त्यस्तै ,प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ निवासी साहलाई तीनदिन पक्राउ गरेको छ । लुकाई छिपाई काठमाडौं तर्फ लैजादै गर्दा प्रहरीले साहलाई भरतपुर(११ भोजाडबाट पक्राउ गरेको थियो । 

साहलाई लागु औषध ऐन २०३३ अन्तर्गत अदालतमा मुद्दा चलाई म्याद थप समेत गरेको छ । चितवन प्रहरी प्रमुखमा  एसपी सहकुल थापा आएपछि गुण्डा गर्दी ,तस्करी र अबैध कृयाकलाप गर्नेहरु माथि कारवाही अभियान तिब्र बनाएका छन् ।

Post a Comment

0 Comments