Subscribe Us

तिन हत्यारा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले हत्यामा संलग्न तिन अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौंको गोंगबुमा बस्ने धादिङ तिप्लिङका १८ वर्षीय युयन तामाङलाई हत्या गरी फरार रहेका ३ जना अभियुक्तहरुलाई महाशाखाबाट खटिएको बिषेश टोलीले पक्राउ गरेको हो । पक्राउ परेको अभियुक्तहरुले पूर्ब रिसिबी लीई तमाङलाई २०७० कात्तिक १९ गते राति हत्या गरी फरार भएका थिए ।

 फरार भएका अभियुक्तहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरी आबश्यक कारबाहिको लागी महाराजगंज बृत्त पढाएको जनाएको छ । पक्राउ पर्नेहरुमा काठमाडौं मकवानपुर जिल्ला मनहरि–७ घर भएका २१ वर्षीय कृष्ण कार्की, रामेछाप जिल्ला भिरपानी–२ भएका १८ वर्षीय सुरेश राउत र काभ्रे जिल्ला चलाल गणेस्थान–२ घर भएका २७ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् ।  
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुमध्ये कृष्ण कार्कीलाई बाराको सिमराबाट, सुरेश राउतलाई काठमाडौं सामाखुशीबाट र सन्तबहादुर तामाङलाई काठमाडौं बौद्धबाट कात्तिक १० गते लुकिछिपि बसेको अवस्थामा फेला पारेको जनाएको छ ।

Post a Comment

0 Comments