काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाइलमार्फत अश्लिल सन्देश पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरी पक्राउ गरेको छ ।
रामेछाप घर भई हाल काठमाडौंको सिनामङ्गल बस्ने २३ वर्षीय मङ्गलबहादुर तामाङलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी विद्युतीय कारोवार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसै बिच प्रहरीले छ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय नारायणी वीरगंजले विशेष सुराकीको आधारमा पर्साको विरुवागुठी गाविस वडा नम्बर ६ निवासी ४५ वर्षीय गुदर साह सोनारलाई चाँदीसहित छप्कैयाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सोनारलाई अञ्चल प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
चाँदीसहित पक्राउ परेका सोनारलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान मध्यक्षेत्रीय कार्यालय पथलैयामा बुझाउने वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए ।
0 Comments