Subscribe Us

मोष्ट वान्टेड सुवाल पक्राउ

काठमाडौं। हिमालयन बैंकको कार्डबाट पाँच करोड ७५ लाख रुपैयाँ ठगी गरी फरार रहेका अनिषभक्त सुवाल डंगोल पाँचबर्षपछि पक्राउ परेका छन् । डंगोललाई महानगरीय अपराधमहाशाखा हनुमानढोकाको बिषेश टोलीले पक्राउ गरेको हो । प्रहरीले डंगोललाई मोस्ट वान्टेड सूचीमा राखी खोजी गर्दै आएको थियो । डंगोल हिमालयन बैंकको केन्द्रीय कार्यालयमा सहायक प्रवन्धकको रुपमा कार्यरत थिए । 

बैंककोे कार्ड सिस्टममा काम गरेका डंगोलले हिमालयन बैंकको एटिएम कार्ड प्रयोग गरी विभिन्न व्यक्तिको खाताबाट पटक–पटक गरी पाँच करोड ७५ लाख ६८ हजार १०३ रुपैयाँ ठगेका थिए । बैंक ठगीपछि डंगोल भारतमा लुकीछीपी बस्दै आएकाा थिए ।
 
हिमालयन बैंकको एटिएमबाट रकम ठगी गरेपछि सुवाल नयाँदिल्ली पुगेका थिए। उनले त्यहाँ पुगेर नक्कली एटिएम कार्ड बनाई हिमालयन बैंकको सिस्टममा रहेका एनआईसी र एस विकास बैंकको खाताबाट लाखौं रुपैयाँ चोरी गरेका थिए।

भारतमा  नक्कली एटिएम कार्डमार्फत फेरि चोरी सुरु भएपछि बैंकले आफ्नो एटिएम सिस्टममा परिवर्तन गरेको थियो। बैंकले सिस्टमसँगै बैंकका पुराना कार्डसँग नयाँ कार्ड परिवर्तन गरेको थियो भने कार्ड होल्डरलाई अनिवार्य पिन नम्बर परिवर्तन गर्न आग्रह गरेको थियो। उनले यसरी थप ४० लाख रुपैयाँ चोरी गरेको प्रहरी अनुसन्धानमा फेला परेको छ।

हिमालयन बैंकपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्जालमा रहेका एटिएमबाट सुवालले नक्कली कार्ड बनाई रकम चोरी सुरु गरेका थिए। यही काण्डमा उनका केही सहयोगीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ। यही काण्डपछि नेपाली बैंकले भारतमा एटिएम प्रयोग गरी झिक्ने रकमको ‘लिमिट’ घटाएका थिए।

हिमालयन बैंकको कार्ड सेन्टरमा कार्यरत रहँदा सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटक पटक गरेर झिकेका थिए।ग्राहकको जानकारीबिनै भारतको नयाँदिल्लीबाट कार्डमार्फत अनाधिकृत रुपमा रकम झिकिएको पाइएपछि बैंकले सबै डेबिट कार्डको कारोबार केही समयलाई रोक्न बाध्य भएको थियो।
काठमाडौँ । हिमालयन बैंकको कार्डबाट पाँच करोड ७५ लाख रुपैयाँ ठगी गर्ने अनिषभक्त सुवाल डंगोललाई अन्ततः प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीले मोस्ट वान्टेड सूचीमा राखी खोजी गरिरहेको थियो। 
आज अपराह्न ३ बजे महाशाखाले उनलाई सार्वजनिक गर्दैछ। 

डंगोलले हिमालयन बैंकको केन्द्रीय कार्यालयमा सहायक प्रवन्धकको रुपमा कार्ड सिस्टममा काम गरेका थिए। हिमालयन बैंकको एटिएम कार्ड प्रयोग गरी विभिन्न व्यक्तिको खाताबाट पटक–पटक गरी पाँच करोड ७५ लाख ६८ हजार १०३ रुपैयाँ चप्काएका उनी लामो समयदेखि भारतमा लुकेर बसेको अनुमान गरिएको थियो। 

हिमालयन बैंकको एटिएमबाट रकम ठगी गरेपछि सुवाल नयाँदिल्ली पुगेका थिए। उनले त्यहाँ पुगेर नक्कली एटिएम कार्ड बनाई हिमालयन बैंकको सिस्टममा रहेका एनआईसी र एस विकास बैंकको खाताबाट लाखौं रुपैयाँ चोरी गरेका थिए।

भारतमा  नक्कली एटिएम कार्डमार्फत फेरि चोरी सुरु भएपछि बैंकले आफ्नो एटिएम सिस्टममा परिवर्तन गरेको थियो। बैंकले सिस्टमसँगै बैंकका पुराना कार्डसँग नयाँ कार्ड परिवर्तन गरेको थियो भने कार्ड होल्डरलाई अनिवार्य पिन नम्बर परिवर्तन गर्न आग्रह गरेको थियो।

उनले यसरी थप ४० लाख रुपैयाँ चोरी गरेको प्रहरी अनुसन्धानमा फेला परेको छ।

हिमालयन बैंकपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्जालमा रहेका एटिएमबाट सुवालले नक्कली कार्ड बनाई रकम चोरी सुरु गरेका थिए। यही काण्डमा उनका केही सहयोगीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ।

यही काण्डपछि नेपाली बैंकले भारतमा एटिएम प्रयोग गरी झिक्ने रकमको ‘लिमिट’ घटाएका थिए।

हिमालयन बैंकको कार्ड सेन्टरमा कार्यरत रहँदा सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटक पटक गरेर झिकेका थिए।

ग्राहकको जानकारीबिनै भारतको नयाँदिल्लीबाट कार्डमार्फत अनाधिकृत रुपमा रकम झिकिएको पाइएपछि बैंकले सबै डेबिट कार्डको कारोबार केही समयलाई रोक्न बाध्य भएको थियो।  - See more at: http://www.bizmandu.com/content/-9698.html#.VHwUE8mCewU

Post a Comment

0 Comments