Subscribe Us

पेस्तोलसहित दुई पक्राउ

काठमाडौं । अबैध हतियार बोकेर हिडेका दुई युर्वालाई भक्तपूर प्रहरीले पक्राउ गरेको छ । चेकचाँचको क्रममा प्रहरीले भक्तपूरको लोकन्थलीबाट काभ्रेका अजय लामा र मिलन तामाङलाई अबैध हतियारसहित पक्राउ गरेको हो । बरामत हतियारमा गोलीसमेत लोड भएकोे प्रहरीले जनाएको छ । 

स्कुटरको डिक्कीमा पोस्तोल राखेर पेप्सीकोलातर्फ गैरहेकोबेला प्रहरीले जाँच गर्दा उनीहरुबाट हतियार बरामत भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई मध्यपुर थिमी वृत्तमा राखि थप अनसुन्धान भईरहेको छ । हतियार किन र कुन प्रयोजनको लागी बोकेहो अनसुन्धान भईरहेको प्रहरीले बताएको छ । पक्राउ परेका दुबैलाई हातहतियार खरखजना ऐन अन्तरगत मुद्दा चलाउने तयारी भएको प्रहरीले बतााएको छ ।

Post a Comment

0 Comments