Subscribe Us

रात्रीकालिन राती खुलाउने नाममा बार्गेनिङ

काठमाडौं । रात्रीकालिन ब्यावसायी राती खुलाउने नाममा प्रहरीले ब्यावसायीस“ग अप्रत्यक्ष रुपमा बार्गेनिङ सुरु गरेको छ । सुरक्षाको कुरा उठाउदै पहिलो सबिंधान सभाको चुनावपछि गुहमन्त्रि बनेका तथा अहिलेका गुहमन्त्रिले रात्रीकालीन ब्यावसायीलाई लगाम लगाउदै ११ बजे बन्द गराएका थिए । साथै उनले नेपालमा अब डान्स र डीस्कोे खोल्न पाउने छैन भन्दै भाषणसमेत गर्न भ्याएका थिए । 

तर त्यो लागू हुन सकेन केहि समयको अन्तरालपछि रात्रीकालिन ब्यावसायीहरु बिस्तारै ११ बजेबाट १२ बजेसम्म चलाउन प्रशासनले अनुमती दियो । तर अहिले त्यहि ११ बजे रात्रीकालिन बन्द गराउने गुहमन्त्रि मातहत रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीले दरबारमार्ग र ठमेललाई चौबीसे घण्टा खुल्ला राख्न दिने भएका छन्् । 

केही दिन अघि ब्यावसायीको आग्रहामा यो सहमति भएको हो । महानगरी प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी बिज्ञानराज शर्माले भनेका थिए । ‘प्रहरीले अब रेष्टुरेन्ट बन्द गर भन्दै आउदैन् जति बेलासम्म खोल्न मनलाग्छ खोल, प्रहरीले सुरक्षा दिन्छ ।’ तर ब्यापारीले अहिले सम्मपनि रात्रीकालिन खोल्न भने अनुमती पाएका छैनन् । प्रहरीले १२ बजे नै बन्द गर्दै आएको छ । रात्रीकालिन खोल्ने नाममा ब्यापारीबिच नै मनमुटाब बढेपछि यो समस्या आएको हो एक ब्यापारीले भने । 

रात्रीकालीन ब्यायसायमा डान्स र डीस्कोमात्र भएकोले अन्य पप, लाईभ बाण्ड लगाएतका ब्याबसायहरु बन्द गराउन प्रहरीलाई लभिङ थालेपछि अहिले यो समस्या आएको हो । गत साता आयुक्त कार्यालयमा भएकोे छलफलमासमेत यो कुरा उडेको एक ब्याबसायीले बताए । उता प्रहरीले चौबिसे घण्टा रेष्टुरेन्ट खोल्न सिसी टिभी क्यामेरा अनिबार्य  हुनुपर्ने तथा यो हुनुपर्ने त्यो हुनपर्ने जस्ता माग राखेपछि रात्रीकालिन ब्यायसायीले बार्गेनिङ गर्ने खोजेको आरोप लगाउदै त्यसको लागी ठूलै रकम कलेश्सन गर्न लागेको स्रोतले बतायो ।


 रातभर रेष्टुरेन्ट चलाउदा फाईदा अहिलेको हिसाबले डबल नै हुने भएको हुदा एक महिना बराबरको हिसाब आयुक्तका प्रमुखलाई बुजाउने हो कि भन्ने छलफलमा ब्याबसायी लागेका छन् । एक महिनाको रकम सङकलन गर्ने हो भने एक करोडभन्दा बढी आयुक्तमा पुग्ने दाबी ठमेलका एक ब्यापारीले बताए । तर प्रहरीले केहि कथित ब्यायसायीको सल्लाहामा अन्य ब्यापार ब्यायसायीलाई भने बन्देज लगाउने तयारीसमेत गरेको स्रोतले बतायो । त्यसको लागी रात्रीकालिन ब्यायसायी चलाउने केहि कथित ठेकदारले आयुक्तका प्रमुखलाई प्रलोभनमा पार्ने खोजेको एक ब्यावसायीले बताए ।

Post a Comment

0 Comments