Subscribe Us

खुश्बुको नक्कली प्रमाणपत्र सार्बजनिक, प्रहरीले छानबीन गर्ने

काठमाडौं । बेलायतको अक्सफोर्ट युनीभर्सिटीबाट उच्च शिक्षा हाँसिल गरेको दाबी गर्ने मृतक डन दिनेश अधिकारी ‘चरी’ को प्रेमी खुश्बु ओली  नेपालमा १२ कक्षा फेल भएको रहस्य खुलासा भएको छ । डन दिनेश अधिकारी ‘चरी’ को प्रहरी ईन्काउटरमा मारीएपछि चर्चामा रहेकी खुश्बु ओलीको पूर्ब प्रेमी अर्पण कोईरालाले अहिले उक्त रहस्य खुलासा गरेका हुन ।
 कोईरालाले १२ कक्षा फेल भएकी खुश्बुलाई ठूलै मिहनेत गरेर बेलायतको भिषा लगाउन सफल भएको दाबी गरेका छन् । कोईरालाका अनुसार परिक्षाको समयमा बिरामी परेपछि परिक्षा दिन नसकेपछि खुश्बु १२ फेल भएकी थिईन् । पछि पुनः पुरक परिक्षा दिन अनुरोध गर्दा आफू मिस टिन भएको ब्यक्ति फेरी १२ को परिक्षा दिन जाँदा समाचारकोे पात्र हुने भन्दै परिक्षा दिन ईन्कार गरेको दाबी कोईरालाले गरेका छन् ।
 कोईरालाले खुश्बुको खुशिको लागी एक जना दाई मार्फत नेपालको सबै जाँचोपाँजो मिलाएर बेलायत पठाएको बताएका छन् । उनको  भनाई अनुसार कोईरालले नक्कली प्रमाणपत्र बनाएर खुश्बुलाई बेलायत पठाउन सफल भएको दाबी गरेका छन् । जेभीएर एकेडीमीबाट १२ फेल भएपछि खुश्बुले पाटन क्यामपस पाट नक्कली प्रमाण पत्र बनाएर उच्च शिक्षाको लागी बेलायत पुगेकोबारे प्रहरीले समेत अनसुन्वधान थालेको स्रोतले बतायो ।
 पाटन क्यामपसबाट जारी भएको खुश्बुका केही नक्कली प्रमाणपत्र प्रहरीले बरामत गरी अनसुन्धान थालेको स्रोतले बतायो । स्रोतका अनुसार प्रहरीले उक्त प्रमाणपत्र बनाउने गिरोहको बारेमासमेत अनसुन्धान थालेको छ । खुश्बुको नाममा जारी भएको पाटन क्यापसको उक्त नक्कली प्रमाणपत्रमा मानबिकी शास्त्रमा उनि प्रथम श्रेणीमा पास भएकी छिन् ।  उनले २०६७ मा ६३ प्रतिशत ल्याएर ब्याजलर डीग्री पास गरेकी छिन् ।

  यस्तो छ खुश्बुको नक्कली प्रमाणपत्र






Post a Comment

0 Comments