Subscribe Us

बिर अस्पतालका कर्मचारी युनियनका सचिव ठगी काण्डमा पक्राउ

काठमाडौं । एमडी अध्ययनको लागि ग्यारेन्टीका साथ नाम निकाली दिन्छौ भन्दै ६० लाख रुपैँया ठगी गने बिर अस्पतालका कर्मचारी युनियनका सचिव दिपक मुडभरीसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले योजनाबद्ध तरीकाले ६० लाख ठगी गरेको आरोपमा सचिव मुडभरीसहित धनुषा महेन्द्रनगरका रवि पौडेल र नवलपरासी रामग्राम नगरपालिका–१३ का राजेश कहरलाई पक्राउ गरेको हो ।

 गिरोहले जनमैत्री अस्पतालमा बालाजुमा कार्यरत  सप्तरीका डाक्टर   मनोजकुमार शाहलाई अध्ययनको ग्यारेन्टीका साथ नाम निकालि दिने प्रलोभनमा पारी ६० लाख ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । डाक्टर साहलाई  गिरोहमध्यका पौडेलले राजेश कहरलाई सम्पर्क गराइ कहरको माध्यमबाट वीर अस्पतालमा अहेब पदमा कार्यरत रही अस्पताल कर्मचारी युनियनको सचिवसमेत रहेका  मुडभरीसँग भेट गराई रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

मुडभरीले वीर अस्पतालबाट सम्पूर्ण किर्ते माईन्युट, डाक्टर मनोज शाहको पोष्टिङको पत्र समेत किर्ते बनाई योजनाबद्ध तरीकासँग सरकारी कागजात समेत नक्कली खडा गरी ६० लाख लिई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।  पक्राउ परेका गिरोहलाई थप अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments