Subscribe Us

सरकार रमिते,मुलुक टुक्राउने अभियानमा डा.सीके

काठमाडौं । सरकारले डा. सिके राउतको गतिविधिमाथि निगरानी राखेको बताउँदै आएतापनि छिमेकी मुलुक भारत र यूरोपियन यूनियनका सदस्य राष्ट्रको ब्याकिङमा राउतले राज्यलाई ठाडो चुनौती दिन थालेका छन् । नेपालका लागि भारतीय, बेलायत र नर्वे लगायतका राजदुतले राउतको कदमलाई सहयोग र समर्थन गर्ने बचन दिएपछि उनको मनोबल ह्वात्तै बढेको छ । सरकारको निगरानीमा रहेका ब्यक्तिलाई कूटनीतिक मर्यादा नाघेर भारत र यूरोपियन यूनियनका सदस्य राष्ट्रका राजदुतहरुले केही हप्ता पहिले राउतलाई भेट दिएका थिए । मुलुक टुक्राउने अभियानमा जुटेका राउतलाई नेपालमै खुलेआम विदेशी राजदुतहरुले भेट्दा समेत सरकारले कूटनीतिक तबरबाट आपत्ती नजनाएर आफ्नो लाचरी प्रस्तुत गरेको छ ।

त्यसैगरी, राष्ट्रिय अखण्डता विरोधी गतिविधिमा सलग्न रहेका राउतलाई नेपाल सरकारले समयमानै नजर अन्दाज नगरे मुलुक विखण्डनको बाटोमा जाने निश्चित छ । यसअघि राष्ट्रिय अखण्डतामा आ“च आउने काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई पक्राउ गरेको थियो ।  प्रशासनले राउतमाथि ‘देशद्रोही’ मुद्दा चलाएपनि अदालतले राउतलाई सामान्य ढरौंटीमा छाडेको थियो । राउत अहिले ‘स्वतन्त्र मधेश’ राज्य स्थापनार्थ विभिन्न कागजात, श्रब्यदृब्य, भिडियो सामाजिक सञ्जाल फेसबुक र यूटुवमा राखेर जनमत बटुुल्न ब्यस्त छन् । 

अहिले जानेर–नजानेर या अज्ञानताको कमीका कारण हजारौं मधेशी युवा डा.राउतको कदमलाई स्वागत गर्न ब्यस्त छन् । राउतले देश टुक्राउनु पर्छ र मधेश स्वतन्त्र राज्य बनाउनु पर्छ भन्दै तराईका युवालाई प्रशिक्षण दिइरहेको स्रोतले बतायो । राउतले आफ्नो फेसबुकको स्टाटस्मा मधेशको लागि अन्तर्राष्ट्रिय समर्थन भन्दै लेखेका छन,‘हाम्रो आन्दोलनको महत्वपूर्ण भाग मधेशको लागि अन्तर्राष्ट्रिय समर्थन पाउनु र कूटनीतिक सम्वन्ध विस्तार गर्नु पनि रहेको छ । किनकी जब भोली मधेश स्वतन्त्र राज्य हुन्छ, त्यतिखेर नयाँ राष्ट्रका रुपमा यूएनमा दर्ता गर्न र अन्य मुलुकको समर्थन पनि चाहिन्छ ।’ 

राउतले आफ्नो फेसबुकको पर्खालमा त्यसका लागि अहिलेदेखि नै आफूले काम गरिरहेको र जुनकुरा जततउस्ररmबमजभकज।यचन मा पनि पहिलेदेखि नै अपलब्ध रहेको बताएका छन् । राउतले यूएन, भारत, अमेरिका, बेलायत, यूरोपियन यूनियनलगायतका राष्ट्रहरुको प्रतिनिधिस“ग प्रत्यक्ष कुराकानी भएको  र अन्यलाई पनि जानकारी तथा ज्ञापनपत्र बुझाइसकेको उल्लेख गरेका छन् ।  त्यतिमात्र नभई उनले बेलायतकी महारानीलाई समेत पत्र पठाएको र यूएनको बैठकमा समेत भाग लिएको उल्लेख गरेका छन् । 

केही समयपहिले यूएन अगाडि धर्ना दिएको प्रसङग कोट्याउ“दै राउतले यूएन र अन्य मुलुकलाई मधेश स्वतन्त्र राज्य बनाउन ज्ञापनपत्र दिइसकेको खुलसा गरेका छन् । नेपाल सरकारले जसरी विदेशी कूटनीतिक सम्वन्ध कायम राखेको छ, ठिक त्यसरी नै स्वतन्त्र मधेश राज्यको तर्फबाट कूटनीतिक सम्बन्ध विस्तार गरिरहेको र कुनै पनि विदेशी मुलुकका प्रतिनिधिलाई भेट गरेको खण्डमा सवै मधेशीको लागि उक्त विषय सकारात्मक हुने कुरा भन्दै नेपाल सरकारलाई ठाडो चुनौंती दिएका छन् । सरकार भने राउतको कदमलाई बेवास्ता गरिरहेको छ । 

नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रता र संघसंस्था खोल्ने स्वतन्त्रता दिएपनि नेपालको सार्वभौमसत्ता, अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ । डा. राउत भने लगातार खुला रुपमा नै नेपालको गृह प्रशासनलाई चुनौती दिएर स्वतन्त्र मधेश राज्य स्थापना गर्न केही बर्षदेखि सक्रिय रहेको उनको गतिविधिले देखाउ“छ । डा. राउतले नेपालको महत्वपूर्ण भाग तराईलाई नेपालबाट अलग गराई सवैभन्दा कान्छो राष्ट्रका रुपमा उभ्याउन नेपालमा बसोबास गर्ने युवालाई मात्र नभई विदेशमा रहेका तराईका युवालाई समेत संगठित पारिरहेका छन् । स्वतन्त्र मधेशको उप–संयोजकमा कैलाश महतो रहेका छन् भने उनले सम्पर्क नम्बर फेसबुकमा नै सार्वजनिक गरेका छन् । उनको सम्पर्क मोबाइल नम्बर ९८४७०३८३२२ रहेको छ ।
 
 यस्तो छ मुलुक टुक्राउने सिकेको तयारीः
राउतले आफ्नो पुस्तकमा लेखे झैं अहिंसात्मक आन्दोलन गर्ने भन्दै आन्दोलनलाई तीन चरणमा बाँडेका छन् । राउतले तयारी, आन्दोलन र बचाउका तीन चरण आन्दोलन सुरुबात गरिसकेका छन् । राउतले तयारीमा प्रचारप्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मको काममा सक्रिय हुने बताएका छन् । उनले आफ्नो किताबमा आन्दोलनको चरणमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका कुरा लेखे अनुसार आफ्नो गतिविधि बढाइरहेका छन् । बचाउमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसंघमा दर्ता गर्नेसम्मको योजना उल्लेख छ । नेपाल सरकार र गृह मन्त्रालयले भने उनको निगरानी गरिरहेको बताइरहेको छ तर राउतको कदमलाई नजर अन्दाज गर्न सकिरहेका छैनन् । राउतको ग्राईन्ड डिजाइन अन्तर्गत बनेको यो गतिविधि ८–१२ सम्म चल्ने र यसबीचमा मधेशलाई स्वतन्त्र कान्छो राष्ट्रका खडा गर्न कसैले आफूलाई रोक्न नसक्ने बताउने गरेका छन् । 

जहा“ मधेशमा शासनलाई चलाउन आबश्यक हरेक पूर्वाधारको तयारी गर्ने उनको प्रमुख उदेश्य छ । राउतले सांगठानिक संरचना बनाउनेदेखि मानब जनशक्ति र भौतिक पूर्वधार तयारीसम्म खाका प्रस्तुत गर्ने गरेका छन् भने मधेशको लागि छुट्टै झण्डा, राष्ट्रिय निशाना, राष्ट्रिय गीतलगायतका काम पहिलो चरणमै सकिसकेको स्रोत बताउ“छ । स्रोत भन्छ,‘ डा. राउतले तत्कालै युवा दस्ता बनाउने र सञ्चारमा समेत पहु“च बढाउने सोच अनुसार आधा दर्जन अनलाईन, दर्जन पत्रपत्रिका मधेशबाट सञ्चालन र प्रकाशनमा ल्याइसकेका छन् । राज्यले तत्काल उनका अवैध कामलाई नरोके मधेशमा विखण्डन आउन सक्छ । ’ राउत यतिखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न तीब्र गतिमा लागेका छन्, ताकी यूएनमा नया“ राष्ट्रका रुपमा मधेशलाई दर्ता गर्न हसज होस् । उनको अन्तिम डिजाईन तराईमा प्रहरी र सैनिक शक्ति निर्माण गर्नु रहेको छ । 

सम्पूर्ण रुपमा मधेश सक्षम भएपछि असयोगको आन्दोलन, अहिंसात्मक विद्रोह, नाकाबन्दी गरी मधेशमा स्वराज स्थापना गर्ने भित्रि योजना राउतको छ । असहयोग आन्दोलन अन्तर्गत सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, नेपाल सरकारलाई राजश्वरकर दिन बन्द, कररहित आयात, धार्मिक एवम् नैतिक क्रान्ति, सडक आन्दोलन, सीमाना बन्द, अत्यावश्यक वस्तुको नाकाबन्दी आदी समेत गर्ने राउतको योजना छ । २०६८ चैतमा मधेसी मोर्चाद्धारा काठमाडौ“को खुल्लामञ्चमा आयोजित कार्यक्रममा समेत राउतले सम्बोधन गरेका थिए । तर सरकार भने बेखबर जस्तै बन्यो । सार्वभौमसत्ता र अखण्डताविरोधी काम गर्ने जो कोहीलाई राज्यद्रोेह सम्बन्धी कानुन अनुसार कारबाही गर्ने प्रावधान छ ।
 
को हुन् राउत ?
सप्तरीको महदेवा गाउ“मा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत रह“दारह“दै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका थिए । राउत युवा ईन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूÈण, कुलरत्न गोल्डमेडल जस्ता सम्मानबाट विभूÈित छन् । उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक–हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैरआवासीय मधेशी संघका संस्थापक अध्यÔ पनि हुन् ।

 पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स ईन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गर्दै गर्द उनलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हि“डेका थिए । त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा अध्ययन गर्न राउत जापान गएका थिए । जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा घरबाट निस्केका राउतसित कहा“ जाने कुनै योजना थिएन । भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराई, बैंग्लोर र रामेश्वरम् हु“दै साईबाबाको पुट्टापर्तीस्थित प्रशान्ती निलयमसम्म पुगे । आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रम्हज्ञान भेट्टाएको बताएका छन् ।

Post a Comment

0 Comments