Subscribe Us

८३ सईको बढुवापनि बिबादमा

काठमाडौ,  । प्रहरी प्रधान कार्यालयले  प्रहरी निरीक्षक पदमा बढुवाका लागि ८३ जना प्रहरी नायव निरीक्षकको सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको आईतबारको बैठकले उक्त सिफारिस गरेको हो  । बढुवा सिफारिसमा पटक पटक कारबाही भोगेका र जुनियर प्रहरी परेपछि  आइजिपी उपेन्द्रकान्त अर्याल बिबादमा तानिएको बुझिएको छ ।

अर्यालले आफ्ना अन्धभक्त, शक्तिकेन्द्रको दबाब तथा कारबाही भोगेका र जुनियर प्रहरीलाई सिफारिस गरेका कारण बढुवा प्रकिया बिबादमा परेको एक डिअाइजीले बताए। बढुवा पाउनेमा दामोदर भट्ट, योगराज न्यौपाने, शान्ताराम कार्की, बुद्धिमणि नेपाल, हिराबहादुर केसी, महेश्वर उपाध्याय, खेमराज कठायत, सञ्जय तिमील्सिना ,सरोजकुमार ठकुराठी, जयराम वन्त र केशव रेग्मी लगायतका छन् ।बढुवा सिफारिसको सूची यो लिंकमा गएर हेर्न सकिन्छ । http://nepalpolice.gov.np/images/police/promotion/si-to-ins-suchi-2071-11-10.pdf

Post a Comment

0 Comments