Subscribe Us

उद्योग बाणिज्य महासंघका अध्यक्ष पाण्डेलाई जेल हाल्न सर्बोच्चको आदेश

काठमाडौं । तत्कालिन समयमा राजको हुकुमीले मिना भएको कैदलाई सर्बोच्च अदालतले अस्विकार गरेपछि उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपराज पाण्डे जेल चलान हुने भएका छन् । पाण्डेलाई सर्बोच्चको फैसाला कायान्वयन गर्नको लागी सिआईबीले मंगलवार पक्राउ गरी बुधवार अदालत बुजाउने तयारी गरेको जनाएको छ । 

पाण्डेलाई नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरोले बालुवाटार स्थित उनकै निवासबाट  हिरासतमा लिएको हो । सर्वोच्च अदालतले पुरानो भ्रस्ट्रचार मुद्दामा तत्काल पक्राउ नगर्न यस अघि आदेश दिएपनि मंगलवार रिट खारेज गरी पक्राउ गर्ने सिआईबीलाई आदेश दिए लगत्तै पाण्डेलाई पक्राउ गरिएको हो।

 पाण्डेले सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रस्ट्रचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो। तर तत्कालीन राजाले हुकुम प्रमाङ्गीमार्फत् उनको मुद्दामा माफ गरेका थिए ।  तर सो विषय जिल्ला अदालतको तामेली शाखामा दर्ता नभएको भन्दै तत्काल पक्राउ किन नगर्ने भनी जिल्लाले पाण्डेलाई पत्र लेखेको थियो। सो पत्र रोक्न माग गर्दै पाण्डे सर्वोच्च पुगेका थिए। 

सर्वोच्चले पहिलो सुनुवाइ गर्दै गत कात्तिक २३ गते तत्काल उक्त् पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर दुवै पक्षको छलफल सुनिसकेपछि न्यायाधीशहरु कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजालसले मंगलबार अन्तरिम आदेश खारेज गरेपछि सिआईबीले पाण्डेलाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments