Subscribe Us

चिरुको रौं तस्करी गर्ने नाईके पक्राउ

काठमाडौं । (जस) नेपाल प्रहरीको केन्द्रिय  अनुसन्धान व्युरो (सिआईबी) ले बहुमुल्य चिरुको ‘रौं’ तस्करीका नाईकेलाई पक्राउ गरेको छ । करिब दुई बर्षदेखी प्रहरीको खोजी सुचिमा रहेका गोरखा छेकम्पार–८ छुलेका रिजन वाङदा लामालाई पक्राउ गरेको हो । 

दुई वर्È अघि थुमी गाविस–६ केउरेनीपानीबाट बरामद गरेको ४६ बोरा अर्थात एक हजार एक सय ८१ किलो चिरुको रौं तस्करीका मुख्य नायके लामा भएको सिआईबीकाो अनुसन्धानबाट खुलासा भएको थियो । लामाले तिब्बतबाट ल्याएको प्रतिबन्धित रौं नेपाल हुदै“ भारत तर्फ तस्करी गर्ने गरेको सिआईबीले जनाएको छ । लामालाई थप अनुसन्धानको सुक्रवार जिल्ला वन कार्यालय गोरखाको जिम्मा लगाएको सिआईवीले जनाएको छ । 

अर्बौ पर्ने चिरुको रौं तस्करीमा लामा मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलासा भएपछि उनको खोजी सुरु भएको थियो । लामाले तस्करीमा संलग्न भएको स्वीकार गरेपनि भरियामात्र भएको दाबी गरेका छन् ।   तिब्बती दोर्जे र सोनाम खम्पाहरुले प्रतिकिलो पा“च सयको दरले भेडाको रौं भनेर ढुवानी गर्न लगाएको आरोप लामाले लगाएका छन् । तर सिआईवीले लामा आफैं जडिबुटी व्यवसायी भएको र चिरुको रौं तस्करी गर्ने मुख्य नायके भएको दाबी गरेको छ ।  २२ पुस २०६९ मा तिब्बतियन ‘एनटि लप’ भनेर चिनिने चिरु बरामद भएको थियो ।

 रौं बरामद भएपछि तत्काल पक्राउ परेका थुमीका पूणर््ँबहादुर गुरुङ, समिर्ला बरामलगाएतको बयानबाट लामा मुख्य नाईके भएको खुलासा भएको थियो । चिरुको रौं साईटिस महासन्धी १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा बन्यजुन्तु संरक्षण ऐन २०२९ को अनुसुचि १ अनुसार संरक्षीत बन्यजन्तुको सुचिमा राखीएको छ  यसको कारोबार गरे राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ तथा साईटिस महासन्धी १९७५ बिरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गरेमा बन्यजन्तु ऐनको दफा २६(१) बमोजीम ५ देखी १५ बर्षसम्म कैद तथा ५० हजार देखी एक लाखसम्म जरिवान वा दुबै हुने कानूनी प्राबधान रहेको छ । पक्राउ परेका लामा सहित ९ जना विरुद्ध (ओखेटोपहार) प्रतिबन्धित बन्यजन्ुतको अङग ओसारपोसार मद्दा दर्ता भएको सिआईवीले जनाएको छ । 

Post a Comment

0 Comments