पोखरा । प्रहरी जवानलाई आफ्नै डिस्कोमा रड प्रहार गरी गम्भिर घाइते
बनाउने पोखराका चर्तित गुण्डा नाइके शिव गुरुङ उर्फ महेन्द्रे भोटेको
समुहलाई जोगाउन भोटे निकट समुहले नै सामाजिक सन्जाल फेसबुक मार्फत
क्याम्पेनिङ गरी रिहा गर्न दबाब दिन थालेको छ । उनीहरुले समाजसेवी तथा
व्यापारी महेन्द्र गुरुङलाई बिना कसुर हिरासतमा राखिएको भन्दै रिहा गर्न
माग गरेका हुन ।
एमाले निकट युवा संघमा आवद्ध भोटेको समुहलाई प्रहरीले प्रकाउ गरेपछि
उनीहरुलाई छाड्न चौतर्फी दवाव आइरहेको छ । तर, कास्की प्रहरी प्रमुख एसपी
हरिवहादुर पालले कुनै हालतमा नछाड्ने भन्दै गुण्डाहरुलाई धमाधम पक्राउ गर्न
थालेपछि भोटे निकट समुहले फेसबुक मार्फत रिहा गर्न दबाब दिएको हो ।
शुक्रबार बेलुका ओजन डिस्कोमा प्रहरीको टाउको फुटाले पछि भोटे लगायतको
टोलीलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका
प्रहरी प्रमुख एसपी पालले जस्तोसुकै दवाव आएपनि अपराधीलाई नछाड्ने बताएका
छन् ।यसैवीच , भोटेको समुहसँग झगडा गर्ने र आतंक मच्चाउने सरोज भट्टराईको
समुहलाई प्रहरीले रिहा गरी आफुहरुमाथि मात्र पूर्वाग्राही ढंगले प्रस्तुत
बनेको यूवासंघका कार्य कर्ताहरुले आरोप लगाएका छन् ।
0 Comments