Subscribe Us

हाइड्रोपावरको सञ्चालक नै मानवतस्करमा, युरोपेली मुलक पठाउने भन्दै ठगे ४० लाख

काठमाडौँ । रोेजागारीको लागी युरोपेली मुलकमा पठाईदिने भन्दै लाखौं ठगी गरेको आरोपमा हाइड्रोपावरको सञ्चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले बर्दिया ढोढरी–२ घर भई हाल ललितपुर भैसेपाटी बस्ने चेरा खोला जलविद्युत् आयोजनाको सञ्चालक ४० वर्षीय सुरेश पन्तलाई पक्राउ गरिएको हो । 

पन्तले सिरहा जिल्ला कल्याणपुर जब्दी घर हुने सञ्जयकुमार साह, नवलपरासी बर्दघाट बस्ने अमितजङ्ग रायमाझी लगाएत एक दर्जन व्यक्तिलाई युरोपेली मुलुक इटाली र स्पेन पठाई जागिर समेत लगाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति रु आठ लाखका दरले रकम उठाई ठगी गरेको उजुरी महाशाखामा परेपछि प्रहरीले पन्तलाई पक्राउ गरेका हो । 
पन्तले पीडित बनेका    सञ्जयकुमार र अमितजङ्गलाई भारतको बाटो प्रयोग गरी इटाली र स्पेन लैजाने भनी चार महिना भारत महिपालपुर सोल्टी गेष्टहाउसमा लगेर राखीको समेत खुल्न आएको छ । फरार रहेका पन्तलाई महाशाखाले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।  

  पक्राउपछि प्रारम्भिक अनुसन्धानबाट पन्तले विभिन्न आठ जनालाई स्पेन र इटाली पठाउने भनी करिब रु ४० लाख ठगी गरेको खुलासा भएको छ । पन्तले आफू चेरा खोला जलविद्युत् आयोजनाको सञ्चालक तथा ती मुलुकको नेपाल प्रतिनिधिका रूपमा रहेको भन्ने विश्वासमा पारेको र भाइ गणेश पन्त भारतमा रही विदेश पठाउने कार्य मिलाउने गरेको समेत खुल्न आएकाले सो विषयमा समेत थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments