Subscribe Us

गुण्डामार्थी प्रहरी अप्रेशन, मोष्ट वान्टेड सन्कीले खाए एका बिहानै गोली

काठमाडौं । आपराधिक गिरोहका सदस्य काभ्रेका रावणजित लामा उफ सन्कीलाई प्रहरीले शनिवार बिहान गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । लागूऔंषध मुद्दामा कैद भुक्तान गरीरहेका लामा गत बैशाख १२ गते शक्तिसाली भूकम्प जाँदा कारागार कार्यालय सिन्धुपालचोक बाट फरार भएका थिए । फरार लामालाई खोज्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलले शनिवार बिहान तिन बजे सुनथारामा रहेको सुचना पाएको थियो । पक्राउ गर्न गएको प्रहरी देख्ने बित्तिकै सन्की भागेका थिए । 

उनलाई नियन्त्रणमा लिन प्रहरीले तिन पटक फायर गरेको तर एक गोली लागेको देख्नेले बताएका छन् ।  गोली लागेपछि घाईते लामालाई प्रहरीले नियन्त्रणमा लिए बि एण्ड बि अस्पतालमा उपचारको लागी लगेको जनाएको छ । लामालाई जिल्ला अदालत काठमाडौंले लागूऔंषध मुद्दामा १० बर्षको कैद सजया हुने फैसाला गरेको थियो । 

राजधानीमा उनले व्यावसायीलाई थर्काएर मासिक उठाउन थालेपछि उनि प्रहरीको खोजी सुचिमा परेका थिए । तत्कालिन महानगरीय प्रहरी परिसर डीएसपी आभूषण तिमल्सिना बिषेश टालीले सन्कीलाई पक्राउ गर्न जाँदा प्रहरी एक अधिकृतलाई पेस्तोल तेस्याउँदै फरार भएपछि उनि परिसरको बिषेश निकरानीम परे । तत्कालिन डीएसपी तिमल्सिनाले लामालाई पक्राउ गर्दा हतियार फेला नपरेपनि उनकोे साथबाट २६ ग्राम लागूऔषध खैरो हिरोईन बरामत भएपछि उनी जेल चलान भएका थिए ।

Post a Comment

0 Comments