Subscribe Us

राजधानीका गुण्डा माइकल चितवनमा पक्राउ

चितवन । गुण्डागर्दी र हप्ता असुलीको आरोपमा प्रहरीले दुई गुण्डा नाईकेलाई पक्राउ गरेको छ । एमाओबादीको वाइसीएल कार्यकर्ता नीति राई र राजधानी टिक्न नसकी चितवन फर्केका माइकल भन्ने बिष्णु पाण्डेलाई पक्राउ गरेको हो । पछिल्लो समय यनिहरुले  भित्रभित्रै चितवनका व्यापारीलाई धम्क्याएर असुली गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता गुण्डा नाइकेलाई प्रक्राउ गरी कारबाही सुरु गरेको छ । 

नारायणी सामुदायिक अस्पतालमा एक विरामीको मृत्युलाई लिएर राइले अस्पतालका सञ्चालकसँग २५ लाख रकम बार्गेनिङ गरी लिएका थिए । तर उक्त रकममध्ये पीडिलाइ नौ लाख र राईले १६ लाख रकम लिएको प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले उक्त अस्पतालमा विरामीका आफन्त र राइको समूहले लफडा गरेको थाहा पाएपछि राइको क्रियाकलापमाथि प्रहरीले गोप्य रुपमा फलो गरेको थियो ।

राईले दर्जनौ व्यापारीलाई भित्रभित्रै धम्क्याएर रकम असुली गर्ने, ठेक्कापट्टामा गुण्डागर्दी गरी जबरजस्ती टेण्डर हात पार्नेलगायतका आपराधिक काम गर्ने गरेको प्रहरीमा उजुरी छ । उनीमाथि अनुसन्धान भइरहेको र कानुन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख एसपी शहकुलबहादुर थापाले बताए । गुण्डागर्दी विरुद्ध आक्रमक रुपमा कारबाही थालिएको पनि उनले बताए । स्रोतका अनुसार राईलाई छुटाउन कांग्रेस, एमाले र एमाओवादीका नेताहरु लागिपरेका छन् । प्रहरीले ३ वटा भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

त्यस्तै धम्क्याएर रकम असुली गरेको आरोपमा माइकल भन्ने विष्णु पाण्डे पनि पक्राउ परेका छन् । पाण्डे केहि बर्ष यता मैतीदेबीका लुटेरा अभिमानसिंह बस्नेतको आपराधीक समुहका सदस्य थिए । उनले काठमाडौं बसेरै चितवनमा असुले गर्ने थालेपछि उनलाई चितवनका अर्का गुण्डा कान्छी भन्ने एमबहादुर कार्कीले मैतीदेबीमै गएर गोली प्रहार गरेका थिए । तर माइकललाई गोली भने लागेको थिएन । राजधानी छाडेर माइकल बिगत सात बर्षदेखी चितवनमा गुण्डागर्दीमा सक्रिय रहेका छन् ।

Post a Comment

0 Comments