Subscribe Us

त्रिचन्द्रमा भयो ग्याङ वार, कमिशनमा बिबाद हुँदा औला चुडियो

काठमाडौं । पैसाको बिषयलाई लिएर सुरु भएकोे बिबादले  त्रिचन्द्र कलेजमा ग्याङवार भएको छ । कलेजमा अध्यनरत स्ववियूका बिद्यार्थी बिच ग्याङवार भएको हो । वारमा खुकुरीको समेत प्रयोग भएको हुँदा दुई पक्षका एक–एक जना घाईते भएका छन् । स्ववियू सह सचिव जनक सिंहको समुह र हिक्मत रोकायासमुहको बिच खुकुरी हानाहान भएको प्रहरीको भनाई छ ।  

 सिंहको टाउकोमा चोट लागेको छ भने रोकायको हातको औंला नै भुईमा छडेको छ । उपचार गर्न अस्पताल पुगेका रोकायालाई प्रहरीले नियन्त्रमा लिएको हो । उनलाई प्रहरीले मोनमोहन अस्पतालबाट नियन्त्रमा लिएको जनाएको छ । 

घटनामा अमित महत र प्रेम क्षेत्री फरार रहेका छन् । ग्याङवार पछि आक्रोसित अन्य बिद्यार्थीले रोकायासमुहको मोटसाइकलमा समेत अगाजनी गरेको बिद्यार्थीहरुले बताएका छन् । अमित एैन महराको भाई हुन । पैसाको बिषयलाई लिएर तिन अगाडीपनि कलेजमा बोतल हानहान भएको थियो । बोतल हानाहानबाट एैनको हिलारी भन्ने साथीको टाउको फुटेको थियो । 

साथीको टाउको फुटेको रिस साँचेका एैनले आफ्नै नेतृव्यमा आएको हतियारधारी समुहले बुधवार कलेजमा खुकुरी आतङ मच्चाएको  हो । खुकुरी प्रहारबाट एैनका सहयोगीको रोकायाको समेत औला छिनेको छ । दुई साता अघि सिंहको समुहले पिकनिक लाने नाममा कलेजसंग ४ सय बिद्यार्थीको लागी पैसा उठाएर एक सय पचासमात्र बिद्यार्थीलाई पिकनिकमा समाबेस गरी एक लाख रुपैंया हिनामिना गरेको ठहर गर्दै एैंनका समुहले भाग बण्डा गर्न दबाद दिएपछि ग्याङवार भएको कलेजका एक सदस्यले बताएका छन् । 

Post a Comment

0 Comments