Subscribe Us

जेलबाट भागेका कैदी उहि धन्दामा

काठमाडौं । भूकम्पको मौंका छोपी कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले गत बैशाख १२ गते फरार भएका फुर्वा शेर्पालाई पुनः चोरीको आरोपमा पक्राउ गरेको हो । 


 उपत्यकामा विभिन्न चोरीका घटनामा अनुसन्धान गर्दा कारागारबाट भागेका कैदी कै संलग्नता भेटिएको महाशाखाले जनाएको छ । पक्राउ परेका  फुर्वा  यसअघि सिन्धुपाल्चोकमा दावा तामाङको घरमा चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट १ महिना कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएर कारागारका कैद भुक्तान गरिरहेका थिए ।

 प्रहरीले कैदी शेर्पाका साथै  सिन्धुपाल्चोक ज्यामिरे–९ का २१ वर्षीय राजन तामाङ, भोटेनाम्लाङ–१ का १९ वर्षीय मनोज तामाङ र भोटेनाम्लाङ–३ का २१ वर्षीय सुकमान तामाङलाई पक्राउ गरेको छ । गिरोहले उपत्यकाका विभिन्न स्थानमा दिउँसो तथा रातका समयमा घर फोडेर चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

उनीहरुका साथबाट टेलिभिजन, ल्यापटप, १ सय ५० तोला सुन, ११ थान मोबाइल, आइपड, खुकुरी, चक्कु, छुरी, चाँदीका ब्रासलेट बरामद भएका छन् । चारैजनालाई चोरी मुद्दामा आवश्यक कानुनी कारबाहीका महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

उनीहरुले बौद्ध भद्रबासस्थित बिवेकराज कालिकाको घरबाट सुन तथा विभिन्न धनमालसहति ८४ हजार रुपैयाँ बराबरको लुटपाट गरेका थिए । यही समूहले मनहरा–८ थलीस्थित रुपा तामाङ घिमिरेको घरबाट ल्यापटप, टिभीलगायतका विभिन्न धनमालसहित ३ लाख ९१ हजार रुपैयाँ बराबरको चोरी गरेको पाइएको छ । समूहले काठमाडौँको बौद्ध, थली तथा डाँछीमा चोरी गरेको पाइएको छ ।

Post a Comment

0 Comments