Subscribe Us

घैंटे जन्मिनु र यो घटना हुनुमा दोषी सरकार होः घैंटेका सुभ चिन्तक

काठमाडौं । प्रहरीको इन्काउन्टरमा कुमार घैंटे मारिएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको सुभ चिन्तकको ओईरो लागेको थियो । सुभ चिन्तकको भिडमा एक अधबैंसे पुरुष पनि देखिए। जो आफूलाई आफुलाई पुर्व राष्ट्रिय खेलाडि बताउँदै थिए । 

नांगो शरिरमा देखिएका उनले उपस्थित अन्यको मतलब नगरी प्रहरी, सरकार, मन्त्री कसैलाई बाँकि नराखि सबलाई तथानाम गाली गर्न थाले । 

 उनको हाउभाउ र आक्रोशबाट बुझिन्थ्यो, उनी घैंटेका सुभ चिन्तक हुन् । घैंटे जन्मिनु र यो घटना हुनुमा उनले समाज, सरकार र यहाँको व्यवस्थाको दोष हो भन्दै थिए ।

 । घैंटेको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । जहाँ उनका समर्थक तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । उनका समर्थकले प्रहरी र गृहमन्त्रीको विरोधमा नाराबाजी गर्दै थिए ।


त्यहि भिडमा थिए सुभ चिन्तक पूबै खेलाडी । शिक्षण अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी पनि तैनाथ थिए । बोल्दा बोल्दै ति पुरुषलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीको भ्यान सम्म पुग्दा पनि उनि प्रहरीमाथी खनिइरहेका थिए र सरकारलाई गाली गर्दै थिए ।



Post a Comment

0 Comments