Subscribe Us

नेपालका अपराधीलाई उच्चआयुक्तको कार्यालयबाट सफाई ?

काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी किरण गौतमसहितले आफूलाई फसाएको र गैरकानूनी थुनामा राखेको भन्दै एक नेपालीले मानवअधिकार उच्चआयुक्त कार्यालय जेनेभामा दर्ता गराएको मुद्दाको फैसला भएको छ । 

उक्त मुद्दा अनुप भन्ने मनोजबहादुर सिंहका तर्फबाट अधिवक्ताद्धय सुधा रिजाल र अलेक्जेण्डर ब्रेनडिनमार्फत उच्च आयुक्तको कार्यालयमा २०१३ मा दर्ता भएको थियो ।

 तिनै सिंहको तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ताद्धयले दर्ता गराएको मुद्दाको सुनवाई हु“दै मानवअधिकार उच्चआयुक्तको केन्द्रिय कार्यालय जेनेभाले पीडितको पक्षमा फैसला गरेको हो । हाल पुर्पक्षका लागि थुनामा रहेका मनोजबहादुर सिंहले आफूलाई पा“च जनाले जालमा पारेर फसाएको भन्दै मुक्तिका लागि मानवअधिकार उच्च आयुक्तको कार्यालय गुहारेका थिए । 

विगत ३५ महिनादेखि कारागारमा रहेका सिंहको तर्फबाट दर्ता भएको मुद्दाको फैसला गत २६ अप्रिल २०१५ मा भएको हो । उक्त मुद्दा नेपाली अधिवक्ता सुधा रिजाल र विदेशी अधिवक्ता अलेक्जेण्डर ब्रेनडिनमार्फत उच्च आयुक्तको कार्यालयमा ०१३ मा दर्ता भएको थियो । अनुप भन्ने मनोजबहादुर सिंहलाई फसाउने दोषीलाई २५ बर्ष कैद र उनीहरुबाट ३ मिलिनियम यूरो बराबर क्षतिपूर्ति सिंहलाई दिलाउने फैसला भएको सिंहका अधिवक्ताले बताएका छन् । सिंहलाई फसाउने सूचिमा तीन जना बहालवाला एआईजी समेत रहेको स्रोतले दावी छ ।
 
को हुन् अनुप भन्ने मनोजबहादुर सिंह ?

मनोजबहादुर सिंह हिमालय सिंहका छोरा  हुन् । पूर्व राजपरिवार सदस्य निकट हिमालय सिंहको परिवारमा राजशी शान थियो । त्यसै अनुसार सिंहका छोरा मनोजबहादुर पनि हिड्थे । राजपरिवार निकट रहेका ठूलोवडाको परिवारमा वन्यजन्तुका छाला सजावटी सामाग्री बन्नु ठूलो कुरा पनि थिएन् । ललितपुर जिल्लातिर बसोबास गर्ने सिंह परिवार विभिन्न ब्यबसायस“ग आवद्ध थियो । 

त्यसैक्रममा तीन बर्ष पहिले हिमालयका छोरा मनोजले तराईका विभिन्न ब्यक्तिलाई प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनामा जागिर लगाईदिन्छु भन्दै रुपैया“ असुलेको उजुरी प्रहरीमा प¥यो । सोही उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा प्रहरीकै हाकिमको नाम बेच्दै रकम उठाएको सुईंको पाएपछि हिमालयका छोरा मनोज प्रहरीको निगरानीमा परेका थिए ।

 उनको प्रहरी, सेनास“गको उठवस मिटरराजा महेशबहादुर सिंहको भन्दा पनि राम्रो थियो । सोही क्रममा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट मनोजलाई पक्राउ गरेको थियो भने त्यसबेला उनको साथबाट हतियार बरामद गरेको प्रहरीले बताएको थियो । मनोजसहित उनको घरमा पुगेको प्रहरी टोलीले विभिन्न बन्यजन्तुको छाला समेत बरामद भएको फाईल खडा ग¥यो । त्यसपछि मनोजमाथि ठगी, बन्यजन्तु र हातहतियार तथा खरखजना ऐन अन्र्तगत प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो । 

३५ महिनादेखि थुनामा रहेका मनोजको हातहतियार तथा खरखजना ऐन ललितपुर जिल्ला अदालतमा विचाराधिन अबस्थामा रहेको छ । उनीमाथि दर्जनौंले ५० हजारदेखि ३ लाख रुपैया“सम्म जागिर लगाईदिन्छु भन्दै असुली गरेको उजुरी प्रहरीमा दर्ता गराएका थिए । हाल पुर्पक्षका लागि थुनामा रहेका मनोजले प्रहरीले आफै बोकेर ल्याएको हतियार राखेर आफूलाई फसाएको दावी गर्दै आएका छन् भने बन्यजन्तुको छाला अवैध रुपमा राखिएको सम्वन्धमा पूर्खौदेखि आफ्नो घरमा रहेको र आफूले ऐन मिचेर कुनै अवैध काम नगरेको उत्तर दिएका छन् । ठगी, हातहतियार तथा खरखजना र बन्यजन्तु मुद्दाका आरोपित मनोजबहादुर सिंह मानवअधिकार उच्चआयुक्तको कार्यालयमा पुगेर प्रहरीविरुद्ध मुद्दा दायर गर्ने सायद पहिलो नेपाली होलान् ।

Post a Comment

0 Comments