काठमाडौं । प्रहरीले पुराना र अनुसन्धान हुन नसकेका अपराधका फाईल पल्टाउने क्रममा १२ बर्ष अगाडी भएको एक हत्याकाण्डको अनुसन्धानमा सफलता मिलेको छ । महानगरीय अपराध महाशाखा टेकुलाई १२ बर्ष अगाडी भएको एक सामूहिक हत्याको अनुसन्धानमा सफलता मिलेको हो ।
०६१ असोजमा ललितपुर बढीखेलका नगरकोटी परिवारका पाँचजनाको सामूहिक हत्या भएको थियो । तर १२ बर्ष सम्मपनि प्रहरीले हत्याराको बारेमा पत्तो पाउन सकेको थिएन ।
तर महाशाखामा एसएसपी सर्बेन्द्र खनालको आगमनसँगै अनुसन्धान हुन नसकेका पुराना फाईल पल्टाउन थालिएको थियो । महाशाखाको एक नम्बर पिलरले उक्त घटनामा सगल्नलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ गरेका व्यक्ति र घटनाको बारेमा प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ
। उक्त हत्याकाण्डमा भानु नगरकोटी उनकी श्रीमती धनकुमारी, १५ वर्षका छोरा रोजिन्द्र, १० वर्ष र ८ वर्षकी छोरी भगवती र कृष्णमैयाँ नगरकोटीको दसैंको नवमीको दिन हत्या भएको थियो ।
0 Comments