Subscribe Us

गुण्डाले सरण्डर गर्दा डीएसपीलाई टेन्सन

काठमाडौं । काभ्रेका फरार गुण्डा नाईके पञ्चे लामाले सरण्डर गर्दा भारतमा रहेका डीएसपी प्रजित केसीलाई टेन्सन भएको छ ।  ज्यानमार्ने उद्योग, हातहतियार तथा खरखजाना र अपहरण मुद्दाका फरारी लामा गत मंगलवार पुनराबेदन अदालतमा हाजिर भएका थिए । 

पुनराबेदन अदालतमा निबेदनसाथ उपस्थित भएका लामालाई अदालतले नै अपहरण मुद्दामा हाजिर गराउन जिल्ला अदालत काठमाडौंलाई पत्रचार गरेको थियो । सोही पत्रको आधारमा काठमाडौं जिल्ला अदालतमा पञ्चे लामा हाजिर भएका थिए ।

 बयान र थुनछेक आदेश नभ्याएपछि जिल्ला अदालत काठमाडौंले पञ्चे लामालाई सुरक्षित साथ थुनामा राखि भोलीपल्ट १० बजे अदालत उपिस्थत गराउन सिंहदरबार प्रहरी बृत्तलाई पत्रसहित जिम्मा लगाएको थियो । 

तर एकाएक बिहिवार आर्थिक प्रलोभनमा परी पञ्चे लामालाई सिंहदरबार बृत्तका डीएसपी प्रजित केसीले आत्मसमर्पण गराएका समाचार सार्वजनिक भयो । जसको कारण भारत तालिम लिन पुगेका डीएसपी केसीलाई तनाब भयो । बृत्तका एक प्रहरीका अनुसार पञ्चे लामालाई जिल्ला अदालत काठमाडौंको आदेशले एक दिन थुनामा राखिएको थियो ।

Post a Comment

0 Comments