Subscribe Us

चरी ग्याङको सदस्य मार्ने घैंटेका सहयोगी पक्राउ

 काठमाडौं । दुई बर्ष अगाडी धादिङ ससुराली गएका नुवाकोेटका वासिएल कार्यकर्ता पहलमान तंमाङ ‘पबन’ को हत्या गर्ने गिरोहका मुख्य नाईके साजन गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई महानगरीय अपराध माहाशाखा टेकुले मंगगवार पक्राउ गरी बुधवार सार्बजनिक गरेको छ । गुरुङलाइ महाशाखको टोलीले न्यूरोडको खिचापोखरीबाट पक्राउ गर्न सफल भएको हो । 

प्रहरीको आँखामा छारो हाल्न गुरुङले कोठामा बाहिरबाट ताल्चा लगाई झ्यालबाट आउने जाने गर्ने गरेको खुलासा भएको छ ।
गुरुङ समुुुुहका राज र गोले भन्नेलाई महाशाखाकै टोलीले एक बर्ष अगाडी पोखाराबाट पक्राउ गरेको थियो । नुवाकोट धादिङ सडक खण्डको निर्माण सम्बन्धी काम गर्ने ठेकदारलाई २० लाख मागेको बिषयमा गुरुङ र तामाङ समुहबिच मनमुटाम सुरु भएको थियो । 

दुबै समुह प्रहरी ईन्काउन्टरमा मारिएका राजधानीका कुख्यात गुण्डा दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’ ग्याङका सदस्य हुन । हत्या गरीएका तमाङ चरी निकट थिए भने पक्राउ परेका गुरुङ घैंटे समुहका । सोही २० लाखको बिषयलाई लिएर दुई पक्ष बिच राजधानीमा पटक–पटक ग्याङ फाईटको अबस्था सिर्जना भएको थियो । तर दुबै पक्ष कुनै क्षती भने भएको थिएन । 

दुबै ग्याङले एक अर्काको पिछा गरिरहेको अबस्थामा धादिङमा तंमाङको हत्या भएको हो । धादिङको सेमजोङ गाविस वाड नंः ६ टीकाढुंगामा २४ माग ०७० सुक्रवार बेलुका तमाङको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनामा ईन्काउन्टरमा मारिएका घैंटेका उत्तराधिकारी युबराज गुरुङको पनि संगल्नता भएतापनि जाहेरीमा नाम भने उल्लेख छैन् ।
 
यस्तो छ मृतक तमाङको परिचय
ठेगानाः स्थायी घर नुवाकोट, सामरी गाविस वडानंः ९ परमाचेत गाउँ भई काठमाडौंको मित्रनगरमा बसोबास गर्दै आएको । एमाओबादी निकट वाइसीएल कार्यकर्तामा भएपनि चरी ग्याङमा सामेल भइ आपराधिक धन्दामा सक्रिय ।
 
घटना बिबरणः
(१) ससुराली गएका तमाङलाई धादिङ जिल्ला नुवाकोट गाविस १ का २८ वर्षीय राजकुमार तामाङको नेतृत्वमा उनकै भाई नकूल तामाङ, सेमजोङ गाविस ८ धाराधिरिका २६ वर्षीय नाचोकु भनिने साजन गुरुङ, ३० वर्षीय गोले तमाङ, सेमजोङ गाविस ६ टिकाढुङ्गाका २२ वर्षीय धोवि गुरुङ, सेमजोङ गाविस २ गैराका २१ वर्षीय गोरे तामाङ र नुवाकोट जिल्ला सामरी गाविसका २४ वर्षीय सोमबहादुर तामाङलगाएको समुहले काठमाडौंबाट पिछा गर्दै धादिङमा पुगेर हत्या गरेको ।
 
हत्यारा साजनका कर्तुत
 
 (क) काठमाडौंको मित्रनगरबाट ससुराली हिडेका पबनलाई पिछा गर्दै साजनको समुहले धादिङ्गको सेमजोङ गाविस ६ टीकाढुंगामा ससूराली घरमा बसिरहेका बेला एक्कासी हवाइफायर समेत गरी योजनाबद्ध तरिकाबाट हत्या गर्न सफल   

(ख)  घैंटे निकट सानुभाई भन्ने युबराज गुरुङ र साजन एकै समुहका सदस्य हुन । 

(ग) घैंटेको आदेशमा सानुभाइ र साजनले ले २०७० साउन १० गते सामाखुसि टाउन प्लानिङमा ज्यानमार्ने मनसायले मनोज मर्हजनमाथि खुकुरी प्रहार गरेका थिए ।

(घ) ०७० कार्तिकमा धादिङका बिकाश लामालाई पनि खुकुरी प्रहार गरेका थिए । बिकाश लामा काभ्रेली गुण्डा वाला लामाको साला हुन् । सानुभाईको समुहले बिकाशलाई खुकुरी प्रहार गरेको केही समयपछि महादेबटारको हाईटमा च्याङबा भन्ने एक ब्यक्तिलाइ पनि खुकुरी प्रहार गरेका थिए । च्याङबालाई खुकुरी प्रहार गरेको केही दिनमै सानुभाई र साजनले बिकाश तामाङलाई बन्दुक देखाएर लखटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

Post a Comment

0 Comments