Subscribe Us

अकुत सम्पत्तिका मालिक बजगाईंलाई सफाई

काठमाडौं । बैदेशिक रोजगार व्यवसायीको आडमा मानब तस्करी गर्दै आएका डीडी ओभरसिज प्रालिका देबेन्द्रप्रसाद बजगाईंलाई सम्पत्ति शुद्धीकरण बिभागले अनुसन्धान नै नगरी उन्मुक्ति दिन खोजेको छ । उनीविरुद्धको उजुरीमाथि छानविन नै नगरेको आरोप लागेको छ । बजगाईं बिरुद्ध बैदेशिक रोजगार बिभागले अकुत सम्पत्ति छानबिनको लागि माग गर्दै २२ असोज २०७० मा शुद्धीकरण बिभागमा पत्र पठाएको थियो । तर बिभागले कुनै सम्पत्तिमाथि छानबिन नगरी अनुसन्धानको नाममा ठूलो रकमको चलखेल गरेको विभाग स्रोत बताउँछ ।
बैदेशिक रोेजगार बिभागले बैदेशिक रोजगार सम्बन्धी काम गर्ने अनुमति लिएको डीडी ओभरसिजले मेनपावरको आडमा मानव तस्करी गर्ने गरेको आरोप लगाउँदै आबाश्यक अनुसन्धान गर्नु परेको भन्दै सम्पत्ति शुद्धीकरण बिभागलाई बजगाईंको सम्पत्ति छानबिन गर्न पत्र पठाएको थियो ।
तर शुद्धीकरण बिभागले बजगाईसँग मोटो रकम लिएर कानमा तेल हालेर बसेको छ भने बैदेशिक रोजगार बिभागले पनि रकमको चलखेल गरी रोेक्का भएको कम्पनि सुचारु गर्न अनुमति दिएको छ । रोेजगार बिभागले १० असोज २०७० मा डीडी ओभरसिजको काम कारवाही रोक्का राख्ने निर्णय गरेको थियो । तर कानूनी रुपमा बैध देखिने कम्पनि सञ्चालन गरेर अबैध कारोबार गर्ने र पार्टनरकै सम्पत्ति कब्जा गरी हालीमुहाली गर्ने बजगाईंलाई भने कुनै कानूनले छोएको छैन । सिनामंगलमा मेनपावर सञ्चालन गर्दै आएका बजगार्इंले आफ्नै पार्टनरलाई समेत पागल बनाएर ओभरसिज एकलौटी बनाएका छन् ।
२०६४ सालबाट लगानीकर्ता रहेका कुमार पराजुलीलाई बजगाईंले गुण्डागर्दी तरिकाबाट निष्काशन मात्र गरेनन्, उनको सेयर समेत कब्जा गरेको बिभागमा उजुरी परेको छ । पराजुलीले कम्पनीमा आन्तरिक लेखा समेत नगरेको तथा कम्पनीको आबश्यकता अनुसार कम्पनी सञ्चालन गर्न पटकपटक ताकेता गर्दा पनि ठूलो रकम आफूले लगानी गरेको दाबी बिभागसमक्ष उनले गर्दै आएका छन् । २०६७ चैतबाट कम्पनीमा कार्यरत रहेको अबस्थामा बजगाईंले बिना कारण आफूलाई निष्काशन गरेको आरोपसहित पराजुलीले बिभागमा उजुरी दिएका थिए । बिभागले छानबिनको नाटक गर्दै केही दिनको लागि ओभरसिजको काम कारवाही रोक्का राख्ने निर्णय गरेको थियो ।

Post a Comment

0 Comments