Subscribe Us

९ अर्ब ठगी गरेर फरार बस्नेत सुटुक्क काठमाडौंमा

काठमाडौं । सर्वोच्च अदालतले घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको एक बर्ष बितिसक्दापनि उनि पक्राउ परेका छैनन् ।

 जिल्ला र पुनरावेदनको थुनछेक आदेश बदर गर्दै तत्कालीन  सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले बस्नेतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सर्बोच्चकोे आदेशपछि जिल्ला अदालतको तारेख नै गुजारे बस्नेत फरार भएका छन् । 

व्यवसायी सुधिर बस्नेतले पत्रकार नारण श्रेष्ठ, पूर्ब कर्मचारी धरणीधर शर्मा, पूर्ब सचिव घनानाध ओझा र सडक बिभागका पूर्ब ईन्जिनियर मोहन भटट्राईको पनि करोडौं रुपैंयाँ ठगी गरी फरार छन् ।  

तर उनलाई पक्राउ गरी अदालतको आदेश कार्यन्वयन गर्न प्रहरीले चासो देखाएको छैन । फरार बस्नेत कहिले भारतको दिल्लीमा त कहिले नेपालको बिभिन्न भागमा लुक्दै आएका छन् । स्रोतका अनुसार उनी गत हप्ता काठमाडौंमा आफ्ना सहयोगीसंग देखीएका थिए । बस्नेत बिरुद्ध ९ अर्ब ठगीको अभियोग लागेको मुद्दा जिल्ला अदालत काठमाडौंमा बिचाराधिन अबस्थामा छ । 

बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेश पुनराबेदन अदालतले सदर गरेपनि सर्बोच्चले बदर गर्दै थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न जिल्ला अदालतलाई आदेश दिए लगत्तै बस्नेत फरार भएर भारत पुगेका हुन । हजारौं सर्बसाधारणलाई घर न घाटको बनाउने बस्नेतलाई नेपाल प्रहरी र केही राजनीतिक कर्मीको छत्र छाया भएको कारण उनी पक्राउ नपरेको गुनासो पीडितको छ ।    

ओरियन्टल सहकारीका तथा ओरियन्टल विल्डर्स लगायतका एक दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको साढे ९ अर्ब ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । बस्नेतविरुद्ध सहकारी जाचबुझ आयोगमा साढे ७ हजार उपभोक्ताले उजुरी दिएका थिए भने सरकारले गठन गरेको आवास छानविन आयोगमा सय भन्दा बढी उजुरी दर्ता भएका थिए । 

बस्नेतले बिक्री भइसकेका अपार्टमेन्टमा समेत ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएका थियो । बस्नेतले  अपार्टमेन्टकोे बिक्री गरिसकेको फ्ल्याट आफ्नै कर्मचारी नरेन्द्रबहादुर श्रेष्ठलाई बेचेको झूटो विवरण तयार गरी कुवेर मर्चेन्ट फाईनान्सबाट धितोमा रु.१ करोड निकालेको भेटिएको थियो । बस्नेतले कुलेश्वरको ओरियन्टल कोलनीका ३९ जनाको पुर्जा पनि आठ वर्षदेखि बैंकमा धितो राखेको आरोप छ । 

बस्नेतले यसअघि पनि कुलेश्वर र धुम्बाराहीको ओरियन्टल अपार्टमेन्टका हस्तान्तरण भइसकेका फ्ल्याटहरू जालसाजी गरी आफ्नै कर्मचारीको नाममा धितोमा राखेर वर्ल्ड मर्चेन्ट एन्ड फाइनान्स र नेपाल फाइनान्स आदिबाट ऋण लिए सर्बसाधारणलाई ठगी गरेका थिए । ओरियन्टलले नै बनाएको धुम्बाराहीको ग्राण्ड अपार्टमेन्टमा पूरा रकम तिरेर तीन वर्षदेखि बसिरहेका २५ वटा फ्ल्याटका धनीले पनि स्वामित्वको पुर्जा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।  बस्नेतले बालकोट–१ स्थित कौशलटार होम्स निर्माण प्रस्ताव गरी अर्काको जग्गा देखाएर सर्वसाधारणसँग रकम ठगी गरेको समेत आरोप लागेको छ । 

बस्नेतको ओरियन्टल अपार्टमेन्ट, भेगास सिटी, वागमती अपार्टमेन्ट, कोहिनुर हिल हाउजिङ, इम्पेरियल हाउजिङ आदिमा ७ सय भन्दा बढीको लगानी फसेको छ । बस्नेतले नक्सालमा बनाउन थालेको इम्पेरियल अपार्टमेन्टमा समेत ३४ जना सर्बसाधारण फसेका छन् । उता बस्नेतले सहकारीमा जम्मा भएको ४ अर्ब भन्दा बढी रकम हिनामिना गरेका छन् । 

उनको अप्रत्यक्ष संलग्नता भएका आधा दर्जनभन्दा बढी सहकारी बन्द भइसकेका छन् । मैतीदेवीमा मुख्य कार्यालय भएको ओरियन्टलले भक्तपुर, पाटन, साँखु, जनकपुर लगायतका शाखाबाट रु.४ अर्बभन्दा बढी निक्षेप संकलन गरेको थियो । बस्नेतबाट पत्रकार नारण श्रेष्ठ, पूर्ब कर्मचारी धरणीधर शर्मा, पूर्ब सचिव घनानाध ओझा, सडक बिभागका पूर्ब ईन्जिनियर मोहन भटट्राई पनि ठगीएका छन् । 

Post a Comment

0 Comments