Subscribe Us

रंगेलीमा गोली चल्दा ६२ वर्षीया वृद्धाको मृत्यु, प्रहरीसहित दुई घाइते, स्थिती नियन्त्रण बाहिर

बिराटनगर, ७ माघ । 

युवा संघको मधेस जागरण अभियान कार्यक्रम विथोल्न कार्यक्रमथल रंगेलीमा जम्मा भएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

 झडपका क्रममा प्रहरीले गोली चलाएको छ । मोर्चाका कार्यकर्तासँग भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक ६२ वर्षीया वृद्धाको ज्यान गएको छ । प्रहरीको गोलीबाट मारिएका ती वृद्धाको नाम र ठेगाना खुल्न सकेको छैन् । उनका साथै मोर्चाका अर्का एक कार्यकर्तालाई गोली लागेको छ भने एकजना प्रहरी घाइते भएका ।

एमालेका शीर्ष नेताहरु सहभागी भएको कार्यक्रम बिथोल्न आमहड्ताल नै आयोजना गरेरका मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा स्थिती नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले फायर खोेलेको हो ।
मोर्चाका कार्यकर्ताहरु लाठी र घरेलु हतियारसहित उत्रेपछि तनाव बढेको हो ।

मोर्चाका कार्यकर्ताहरुले प्रहरीको घेरा तोडेर युवा संघको कार्यक्रमस्थलमा आक्रमण गर्न खोजेपछि प्रहरीले करिब ५० राउन्ड बढी गोली फायर भएको छ भने दर्जनौ सेल अश्रुग्यास हानेको छ ।

Post a Comment

0 Comments