Subscribe Us

प्रहरीको मिलोमतोमा मनोहरा खोलाको बालुवा तस्करी

भक्तपुर, १६ फागुन । भक्तपुर र काठमाडौंको सिमानाका रुपमा रहेको मनोहरा खोला तथा त्यस आसपासका क्षेत्रबाट प्रहरीकै आडमा व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ ।  

बालुवा चोरी हुने गरेको विषयमा स्थानीयले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गर्दा प्रहरीले बेवास्ता गर्दै आएको छ । प्रहरी वृत्त थिमिकै आडमा बालुवा तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ । 

मनोहरा खोलाको पेप्सीकोला र सानोठिमी जोड्ने पुलदेखि माथि अधिकांश क्षेत्रमा बालुवा चोरी हुने गरेको छ । त्यहाँबाट निकालिएको बालुवा काठमाडौं तथा थिमिको बाटो हुँदै तस्करीले लैजाने गरेको स्थानीयवासी रामशङ्कर थापा बताए ।

दिनरात हुने बालुवा चोरी नियन्त्रणमा प्रहरीले बेवास्ता गर्ने गरेको थिापाले बताए । तस्करसँग बालुवा निकाल्न रोक्न आग्रह गर्दा उल्टै धम्की आउने गरेको श्रेष्ठको भनाइ छ । बालुवा चोरीका कारण मनोहरा खोला भासिनुका साथै नजिकका खेतीयोग्य जमिन समेत नष्ट भएको छ । बालुवा झिक्दा वर्षामा बाढी आएर खेतीयोग्य जमिन बगाउने गरेको छ ।

प्रहरी खोलामै जाने तर बालुवाका ट्रक भने नियन्त्रणमा लिने गरेका छैनन् । महानगरीय प्रहरी वृत्त थिमिकै बाटो भएर बालुवाकै ट्रक ओहोर–दोहोर गर्ने भए पनि प्रहरीले बेवास्ता गर्ने गरेको स्थानीयवासीको आरोप छ । खोलामा बालुवा झिक्नेलाई कारबाही गर्ने गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । प्रहरीले डोकामा बालुवा झिक्ने सामान्य व्यक्तिलाई समाउने तर ट्रकमा ओसार्नेलाई छाड्ने गरेको आरोप स्थानियको छ ।

Post a Comment

0 Comments