काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी
संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को नेतृत्वमा
डनहरुकै वर्चश्व रहेको छ ।
माघ २७ देखि २९ गतेसम्म काठमाडौंको
भृकुटीमण्डपमा हुने सम्मेलनमा पार्टी नेतृत्वले आफु निकटका विद्यार्थी
नेतालाई सर्वसम्मतका नाममा चुन्ने संभावना नदेखाएपनि गुटबन्दी भने बढेको छ ।
संस्थापन पक्ष अर्थात अध्यक्ष केपी ओली समूहले नबिना लामालाई अध्यक्षमा
उठाउने निर्णय गरेको छ ।
त्यस्तै वर्तमान उपाध्यक्ष ऐन महर
महासचिवमा उठ्ने भएका छन् । महर अस्कल क्याम्पसमा छँदा टेण्डी शेर्पाले
लखेटेपछि त्रिचन्त्र क्याम्पसमा शरण लिन पुगेका थिए । तर, उनी २०६५ सालमा
त्रिचन्द्र क्याम्पसको स्ववियूको उपसभापति पदमा धेरै मत अन्तरले नेपाल
विद्यार्थी संघका विष्णु पौडेलसँग पराजित भए । त्यसपछि उनी पुर्णरुपमा
डनगिरीमा लागेका हुन् । नेविसंघका केन्द्रीय सदस्य भिम गुरुङमाथि गोली
हानेर उनी चर्चामा आएका थिए । ओली समूहबाट रश्मी आचार्य र महेश वर्तौला
उपाध्यक्षका उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै माधवकुमार नेपाल पक्षबाट
उपाध्यक्ष दिपक गौतम अध्यक्षका उम्मेदवारका रुपमा देखिएका छन् । गौतम बैैंक
अफ काठमाडौं लुटपाटमा जेलमा परेर छुटेका तासी लामासँग अबैध कारोबारमा
मुछिएका थिए । तासी केन्द्रीय कारागार सुन्धारामा रहँदा गौतमले उनलाई
अन्नपूर्ण कफीसपमा बोलाएर मिटिङ गरेका थिए । त्यतिबेला महानगरिय प्रहरी
परिसरको टोलीले लागु औषध र २० लाख रकम सहित गौतमलाई पक्राउ गरेको थियो ।
तर, उनी एकरातमै दबाबमा छुटे भने उक्त मुद्दा तासीमाथि बोकाइएको थियो ।
तासी गत वर्ष छुटिसकेका छन् । विद्यार्थीहरुलाई विदेश पठाउने नाममा ठगी
गरेको आरोप पनि गौतममाथि लाग्ने गरेको छ । नेपाल पक्षबाट महासचिवका लागि
राधिका खतिवडा, जिवन राई, सरोज यादव दौडमा छन् । नेपाल पक्षबाट उम्मेदवारी
तय गर्ने जिम्मेवारी भने केन्द्रिय सदस्यहरु ठाकुर गैरे, रामकुमारी झाँक्री
र राजेन्द्र राईहरुले पाएका छन् ।
यता संस्थापन पक्षबाट सचिवको दाबेदारीको
रुपमा देखिएका समिक बडाल पनि प्रहरीको नजरमा गुण्डा मानिन्छन् । त्रिचन्द
क्याम्पसमा भएको खुकुरी काण्डमा बडाल मुछिएका थिए । दुई पक्षीय गुण्डागर्दी
झडपमा परी उनको औंला समेत गुमिसकेको यूनाइटेड पोष्टमा खबर छ ।
0 Comments