२०५७ सालबाट श्री लक्ष्मीनाराणी माध्यामिक विद्यालय श्यामपाटीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकोे प्रारम्भिक कमिटिका अध्यक्ष भएर विद्यार्थी राजनीतिको सुरुवात गरेका निरोज पाण्डे विद्यार्थी राजनीतिक क्षेत्रमा सशक्त र चर्चित व्यक्ति हुन् ।
९ साउन २०४३ मा काभ्रेको श्यामपाटीमा जन्मिएका पाण्डेले अनेरास्ववियु काभ्रेको संगठन जोगाउँदै त्यसको विस्तार गर्न ठूलो भूमिका निर्वाह गरेको जगजायर छ ।
अनेरास्ववियु क्षेत्र नम्बर २ का अध्यक्ष, अनेरास्ववियु काभ्रे जिल्ला कमिटिका जिल्ला सदस्य तथा ७ वर्षसम्म सफतापूर्वक अनेरास्ववियु क्याम्पस जिल्ला कमिटिका अध्यक्षको जिम्मेवारी सफलता पूर्बक सम्हालिएका पाण्डेले अनेरास्ववियुको आसन्न २२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् । अनेरास्ववियुलाई सबल र सक्षम बनाउन आफूनो उम्मेदवारी घोषणा गर्ने बिद्यार्थी नेता पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश
अनेरास्ववियु काभ्रेलाई जोगाउन र संगठन विस्तार गर्न मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ । अखिलभित्र मेरो लामो इतिहास छ । काभ्रे अखिलमा मेरो रगत र पसिना बगेको छ । एउटै नेतृत्वले ७÷७ वर्षसम्म काभ्रे जिल्ला अखिलको क्याम्पस कमिटिको अध्यक्ष चलाउनु भनेको सानो कुरा होइन । त्यसैले अखिलभित्र विगतका दिनमा पनि योगदान र क्षमताको कदर हुँदै आएको छ र अहिले पनि हुन्छ नै ।
के गर्दै हुनुहुन्छ ?
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आसन्न २२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुनाले त्यसको प्रचारप्रसारमा व्यस्त छु ।
केन्द्रीय सदस्यमा तपाईको उम्मेदवारी चाहिँ किन ?
अनेरास्ववियुलाई सबल र सक्षम बनाउनकै लागि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । पछिल्लो समय अनेरास्ववियुभित्र बढ्दै गएको अराजकता, गुण्डाडर्दी, संगठानिक अव्यवथाहरुलाई हटाउँदै संगठनलाई व्यवस्थित र सभ्य संगठनको रुपमा आम विद्यार्थीलाई चिनाउन र नेपाली विद्यार्थी आन्दोलनलाई अझ मजबुद बनाउन मैले उम्मेदवारी दिएको हुँ ।
उसो भए तपाईले जित्ने आधार के ?
अनेरास्ववियु काभ्रेलाई जोगाउन र संगठन विस्तारकै लागि मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ । अखिलभित्र मेरो लामो इतिहास छ । काभ्रे अखिलमा मेरो रगत र पसिना बगेको छ । एउटै नेतृत्वले ७÷७ वर्षसम्म काभ्रे जिल्ला अखिलको क्याम्पस कमिटिको अध्यक्ष चलाउनु भनेको सानो कुरा होइन । त्यसैले अखिलभित्र विगतका दिनमा पनि योगदान र क्षमताको कदर हुँदै आएको छ र अहिले पनि हुन्छ नै । त्यसैले जहाँसम्म लाग्छ यिनै आधारले मेरो जित सुनिश्चित छ ।
२२ औँ महाधिवेशनलाई कसरी लिनुभएको छ नि ?
यो महाधिवेशन आफैँमा ऐतिहासिक छ । पक्कै पनि यो महाधिवेशनबाट विद्यार्थी शैक्षिक आन्दोलनलाई व्यवस्थित गर्न, शैक्षिक आन्दोलनलाई सशक्त बनाउन, अनेरास्ववियुलाई आम विद्यार्थीहरुको संगठन बनाउन सक्ने राजनैतिक क्षमता भएका नेतृत्व चयन हुनेछ ।
तपाईको समर्थन चाहिँ कसलाई र किन ?
मेरो समर्थन त अहिले मात्रै हो पहिलेदेखि नै संस्थापन पक्षलाई नै हो । स्पष्ट रुपमा भन्नुपर्दा नविना लामालाई मेरो र हाम्रो सिंगो टिमको समर्थन रहन्छ । किनभने अनेरास्ववियुलाई व्यवस्थित र अन्य विद्यार्थी संगठनभन्दा राम्रो र हाम्रो संगठन बनाउन कसैले भूमिका निर्वाह गर्न सक्छ भने त्यो नविना लामाले नै सक्छ । पछिल्लो समय बिग्रदै गएको संगठनको साख र उचाईलाई अझ व्यवस्थित गर्न र सुदृढ बनाउन पनि नविनाले नै सक्ने भएको हुँदा मेरो समर्थन नविना लामालाई नै रहन्छ ।
अन्तमा
आसन्न अखिलको महाधिवेशनमा अखिललाई स्वच्छ र व्यवस्थित अखिल निर्माण गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हुँदा सबैलाई सहयोगको लागि अनुरोध गर्न चाहन्छु ।
(
0 Comments