नेपाली चलचित्र उद्योगमा हरेक वर्ष कति
युवा युवती भविश्यमा लोकप्रिय नायक/नायिका बन्ने रहरले भित्रिन्छन् ? कति
सपना पूरा नहुँदै बाहिरिन्छन् त्यसको यकिन तथ्यांक कसैसँग छैन ।
तर, यति
चाँही अनुमान लगाउन सकिन्छ प्रतिवर्ष करिव एक सय चलचित्र निर्माण हुने
गरेकाले महिला पुरूष गरी झण्डै ५०/६० जना नेपाली रजतपटमा हाम्फाल्छन् । यो
संख्या मध्ये मुष्किलले दुई देखी तीन जनाले मात्रै आफुलाई अब्बल सावित
गर्छन् र, जीवनको सपनालाई विपनामा परिणत गर्छन् ।
यो वर्ष पनि आफूलाई दर्शक माझ पस्किँदै
थुप्रै युवा युवती नेपाली रजतपटमा डेब्यू गरे । ति मध्यकी एक हुन्, आँचल
शर्मा । उनले यतिबेला आफ्नो भविष्य दर्शक माझ छोडेकी छन् । कुन नायक
नायिकाको अभिनय क्षमता कति छ भनेर ढक र तराजु लिएर नाप्न बसेका दर्शकले
उनलाई न्याय गर्छन् या गर्दैनन् त्यो त उनले आफ्नो पहिलो चलचित्र नार्इं
नभन्नु ल को चौथो सिक्वेलमा गरेको अभिनयमा न्याय गरेकी छन् या छैनन्
त्यसैमा निर्भर गर्ला । तर, उनी भने आफु र अनायासै आफ्नो सपना बन्न थालेको
कलिउड बारे यसो भन्छिन् ।
नेपाली चलचित्र उद्योगमा कसरी प्रवेश गर्नु भयो ?
जीवनमा मैले अभिनय गर्छु भन्ने कहिल्यै
पनि सोचिन । जे भयो सबै अनायासै भयो । म आज भन्दा चार पाँच वर्ष अगाडीसम्म
पनि नेपाली मुभी हेर्दिन थिएँ । जति हेर्थें ति सबै हिन्दी मात्र हुन्थे ।
अहिले पनि भन्न अफ्ठ्यारो लाग्छ, धेरै चलचित्रकर्मीलाई म अझै चिन्दिन ।
अभिनय गर्ने इच्छा पनि थिएन ।
मिस पल्स टु नेपाल-२०१५ मा भाग लिएँ ।
त्यसमा म विजेता बनें । तर, त्यो प्रतियोगितामा चलचित्रमा प्रवेश गर्न
सजिलो हुन्छ भनेर म सहभागी भएको होइन । छ महिनाजति पहिला विकास आचार्य सरले
नाई नभन्नु ल चारको सिक्वेलका लागि अडिसन लिनु भएको रहेछ । म जाँउ न त
कस्तो हुँदोरहेछ भनेर सहभागी भए । यसरी अनायासै यो क्षेत्रमा प्रवेश भयो ।
कसरी तपाई नै छनौट हुन भयो ?
त्यो त मलाई भन्दा पनि उहाँहरूलाई नै थाहा
होला । ३१ जना अडिसनका लागि आउनु भएको थियो । मैले पउल शाह होइन
तपाईंहरूको मुभिको हिरो भनेर सोधें । उहाँहरूले हो भनेपछि मैले पउल जिलाई
प्रपोज गरेर देखाए । जर्जमा मुष्कान ढकाल (निर्देशक) लगायतका हुनुहुन्थ्यो ।
मुष्कान दाईले तिमी सेलेक्ट भयौ भने कल आउँछ भन्नु भयो । दुई चार दिनसम्म
खबर नै गर्नु भएन । पछि कल गर्नु भयो । कल नआउँदा पनि मलाई दुःख चाँही
लागेको थिएन । ह्या…भएनछ भन्ने लागेको थियो ।
नाई नभन्नु ल-चारमा कस्तो भूमिका छ ?
चलचित्र रिलिज भएको छैन, त्यसैले सबै भन्न
त मिल्दैन । चिया कफी….बोलको गीत मलाई त मन परेको छ । तपाईहरूलाई कस्तो
लागेको छ ? पहिलो चलचित्र हो, राम्रो भूमिका पाएको छु । इनोसेन्ट गर्लको
भूमिकामा छु ।
चरित्रलाई न्याय गर्न सकें जस्तो लाग्छ कि कमिकमजोरी भए भन्ने लाग्छ ?
सकेको र जानेको मेहनत गरेकी छु । निर्देशक
ज्यूले सिकाए अनुसार गरेको छु । राम्रो भयो भन्नु भएको छ । अवश्य पनि
पहिलो पटक हो सिक्नु पर्ने धेरै छ । सुधार्नु पर्ने ठाउँहरू होलान् । त्यो म
गर्दै जाने छु । मलाई त प्रियंका कार्की बन्नु छ नि ।
मन पर्ने नायिका प्रियंका हो ? नायक चाँही को हो नि ?
प्रियंका दिदी (कार्की), मन पर्छ । आहा !
केकी अधिकारी कस्तो बब्ली अभिनय हुन्छ उहाँको, उहाँ झनै मन पर्छ । नायकमा
पुरानोमा राजेश हमाल र नयाँमा दयाहांङ राई मन पर्छ । दयाहांङ राईको त म
फ्यान नै भइसकें । उहाँ त अभिनयका लागि नै जन्मिनु भएको जस्तो लाग्छ ।
हिन्दीमा सलमान र आमिर खान तथा कंगना रानावत र काजवल अग्रवाल ज्यादै मन
पर्छ ।
मन पर्ने नेपाली चलचित्र ?
लुट । लुट त मैले पहिलो पटक हलमा गएर
हेरेको नेपाली चलचित्र हो । कब्बडी र त्यसको सिक्वेल पनि मन पर्ने मुभी हो ।
पशुपतिप्रसाद सबैले राम्रो भनिरहेका छन्, हेर्ने प्ल्लानमा छु ।
निर्माता निर्देशकहरूले नायक नायिकालाई उचित पारिश्रमिक दिदैनन् भन्ने गरिन्छ नि !
हुन त धेरै त मलाई पनि थाहा छैन । हल्ला
भने मैले पनि सुनेकी छु । तर सबै एकै खालका हुन्छन् भन्ने पनि छैन । मैले
सुरूमै विकास सर (विकास आचार्य) जस्तो निर्देशक र निर्माता सँग काम गर्ने
अवसर पाँए । मलाई लाग्छ पैसा दिएर र पारिश्रमिक नलिइ खेल्नेहरू पनि छन् ।
यो खराव प्रचलनको अन्त्य गर्नु पर्छ । निर्माता निर्देशकहरूका आफ्ना, आफन्त
भएकै भरमा चलचित्रमा अभिनय गर्नेहरू पनि छन् यो अवस्थाको अन्त्य नगरेसम्म
चलचित्र क्षेत्र राम्रो हुन्छ जस्तो लाग्दैन । सृष्टि श्रेष्ठ र अनमोल
केसीले आठ आठ लाख लिएको सुनेको छु । प्रियंका कार्कीहरूले त यति लिइहाल्नु
हुन्छ । आर्थिक रूपमा पनि यो क्षेत्रमा लागेर जीउन सकिन्छ भन्ने लाग्छ ।
तर, गाह्रो अवश्य नि छ । त्यसैले म पढाई र मुभीलाई ब्यालेन्समा लैजाने हो ।
यो क्षेत्रका विकृतीहरू के हुन जस्तो लाग्छ ?
सबैलाई थाहा छ । जो पनि चलचित्र क्षेत्रमा
आउछ । अन्त केही गर्न नसकेकाहरू नपढेकाहरू चलचित्र क्षेत्रमा आउँछन् भन्ने
मानसिकता छ । यसलाई पुरै नकार्न पनि सकिँदैन । शारीरिक शोषणका कुराहरू पनि
आउँछन् । कतिपय त यस्ता निर्माताहरू पनि छन् भन्ने सुनेको छु, जो यसकै
लागि चलचित्र बनाउँछन् । अनि कतिपय यस्ता ब्यक्तिहरू पनि जो मुभीका लागि
मरिमेट्छन् । यस्ता खराव नियत भएकाहरूलाई विस्तारै यो उद्योग बाटै आउट
गर्नु पर्छ । अनि मात्रै चलचित्र कलाकाहरूलाई हेर्ने नजरमा सकारात्मक
परिवर्तन आँउछ ।
निर्माता निर्देशक विरूद्ध कुरा गर्ने नायक/नायिकाहरू त यो क्षेत्रबाटै पलायन हुनु पर्छ भन्ने सुन्नु भएको छैन ?
छ । तर, अब यो अवस्थाको हामीले अन्त्य
गर्नु पर्छ । खराव नियत र चरित्र भएकाहरूलाई हामीले चलचित्र उद्योगबाटै आउट
गर्दै जानु पर्छ । एउटा ब्यक्तिले होइन टिमले काम गर्ने हो । जो खराव नियत
राख्छ त्यसको पर्दाफास गर्नु पर्छ । यसो गर्न सकियो भने समग्र
चलचित्रकर्मी र यो उद्योग कै भलो हुने हो । आजको मात्रै कुरा हो । मैले
कक्षामा मेरो गीत हेर्नुस् भनेको शिक्षकले ‘तिमी पनि त्यता तिर लाग्यौँ’
च्यालेन्जेजहरू धेरै छन् भनेर अर्कैगरी भन्नु भयो । मलाई नराम्रो लाग्यो ।
मलाई आत्मविश्वास छ । राम्रो चाहे राम्रै हुन्छ । मेरो परिवारलाई विश्वास छ
तर, समाजका अरू ब्यक्तिले पो खराव भन्छन् । त्यसमा पनि पढेलेखेका
विद्वानहरू नै नाक खुम्च्याँउ छन् । कस्तो अनौठो । इट डिपेण्ड्स मि । म ठिक
छु भने संसार ठिक छ । होइन भने बेठिक । मलाई तयस्तो ब्यक्तिले आज चलचित्र
नदेला तर, मेरो विचारमा सहमत हुने निर्देशकले त मलाई मेरो क्षमता हेरेर
मलाई काम दिनु होला नि त ।
नायिकालाई चलचित्र उद्योगले कति वर्षको उमेरसम्म स्वीकार गर्छ जस्तो लाग्छ ?
चालिस ।
चालिस ।
धेरैमा १० वर्ष भन्नछन् त निर्माता/निर्देशकहरू त !
हुन त यो आफैंमा भर पर्ने कुरा हो ।
आफूलाई कसरी क्यारी गर्ने त्यसमै भरपर्छ । करिष्मा मानन्धरलाई हेर्नुस् त ।
बलिउडमा करिनालाई हेरौं त उहाँले आफूलाई क्यारी अन गर्न सक्नु भयो आजसम्म
उत्तिलै लोकप्रिय हुनुहुन्छ ।
कति वर्षमा नेपालको नम्मर नायिका बन्छु जस्तो लाग्छ ?
कम्तिमा ४/५ वर्ष लाग्छ जस्तो लाग्छ ।
अहिलेसम्म जम्मा एउटा मुभि र एउटा भिडियो (फिरोज बस्नेतको एउटी केटी…..) मा
गरेकी छु । अब गर्दै जाने हो । पढाई र मुभिलाई सँगैसँगै अघि बढाउने हो । ५
वर्षसम्ममा अहिलेको प्रियंका कार्की जत्तिकै डिमाण्डेड बन्ने विश्वास छ ।
त्यसका लागि म मेहनत गर्दै जान्छु । प्रियंका दिदीलाई त मैले सेटमै देखें
उहाँले हार्ड वर्क गरेर कस्तो मज्जाले अभिनय गर्नु हुन्छ । त्यसका लागि त
मैले मेहनत गर्न बाँकी नै छ ।
अभिनयका लागि अभिनयको एकेडेमिक अध्ययन आवश्यक छ कि छैन ?
पढेको भए अझै राम्रो । दयाहाङ राईले गरेको
अभिनय र मैले गरेको अभिनयमा आकाश र जमिनको फरक पर्छ । तर, अभिनय
नपढेकाहरूले पनि काम गर्दै जाँदा गर्न सक्छन् भन्ने लाग्छ । यो क्षेत्रमा
लाग्ने मेरो सुरूमा योजना नभएका कारण मैले अभिनय पढिन । विएसडल्यू पढें ।
तर, विएसडल्यू सकेपछि एक्टिंगको क्लास पनि लिनु पर्छ कि भन्ने सोचिरहेको छु
। नयाँ गर्न र चुनौति मोल्ने स्वभाव भएका कारण गर्न सक्छु भन्ने ममा
आत्मविश्वास छ ।
अन्त्यमा ?
चलचित्र उद्योन आफैंमा खराव छ भन्ने आम मानिसमा रहेको भ्रम हटाउन र यो क्षेत्रमा रहेका खराव ब्यक्तिलाई पाखा लगाउन संचारमाध्यमलाई महत्वपूर्ण भूमिका निर्वाह गरिदन आग्रह गर्छु । १२ खरीबाट
0 Comments