Subscribe Us

१४ थान गोली सहित एमाओवादी सांसद् ल्याहारक्याल लामा पक्राउ

काठमाडौं, ३० फागुन । एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।

आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको थियो । बैंकमा रहेको लकर खोल्न ल्हाक्याललाई अख्तियारमा बोलाइएको थियो । तर, बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गोली फेला परेपछि अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । लामालाई हातहतियार खरखजना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता कृष्णहरी पुस्करले बताए ।

Post a Comment

0 Comments