Subscribe Us

अध्याधुनिक पेस्तोलसहित पक्राउ परे चोरका नाईके

 झापा । २० तोला सुन र चार लाख नगद चोरी गरी फरार रहेका ईलामका कुख्यात चोरका नाईके ३१ वर्षीय दया भनिने उदयचन्द्र तामाङ र ३२ वर्षीय टङ्क यादवलाई प्रहरीले अध्याधुनिक पेस्तोलसहित पक्राउ गरेको छ ।  इलामको एक सुन पसलबाट २० तोला सुन र मनि ट्रान्सफरबाट रु चार लाख नगद चोरी गरी उनिहरु फरार भएका थिए । 

फरार दया र यादबलाई एक होटलबाट नास्ता खाइरहेको अवस्थामा बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । दुबैजना गत सोमबार इलाम बिब्ल्याटेंस्थित कविता गहना ट्रेडर्सबाट २० तोला सुन र नजिकै रहेको कविता मनि ट्रान्सफरबाट रु चार लाख नगद चोरी गरी फरार भएका थिए ।

चोरी गरिएका सामानमध्ये ११ तोला सुन र रु तीन लाख चार हजार २६० नगद, मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल र चार राउन्ड गोलीसमेत उदयचन्द्र तामाङको घरबाट बरामद गरिएको इप्रकाका प्रहरी नायब निरीक्षक खड्गबहादुर खत्रीले बताए ।

Post a Comment

0 Comments