जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार ७ सय रुपैयाँ धरौटी माग गरेपछि छुटेका लामालाई छुट्नासाथ प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीका नाममा ठगी गरेको उजुरी परेकाले लामालाई वैदेशिक रोजगार विभागमा लगेको प्रहरीले जनाएको । उनीमाथी यस अघि नै वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप लागेको थियो ।
वैदेशिक रोजगार विभागले लामासँग केही कुरा बुझ्नु पर्ने भएकाले उपस्थित गराउन पत्राचार गरेकाले विभाग पठाएको महानगरिय प्रहरी परिसरका एसपी प्रधुम्न कार्कीले बताए ।
0 Comments