Subscribe Us

नेपालको विकास हुन नदिने भारत नै हो – चिनियाँ विज्ञ

नेपालमा लगानी गर्नका लागि चीनले भारतकै कारणले केही अप्ठ्यारो र असहज महसुस गरेको छ ?

सांस्कृतिक भिन्नताका कारणले त्यस्तो भएको हुन सक्छ । नेपालमा भारतीयको तुलनामा चिनियाँलाई पक्कै पनि बढी अप्ठ्यारो छ ।
भाषा, संस्कृति र अन्य थुप्रै कारक तत्वका कारणले भारतीयलाई नेपालमा व्यवसाय गर्न सजिलो भएको छ । भारतीयलाई नेपाली संस्कृति, भाषा र रहनसहन सबै थाहा छ ।
उनीहरुले कुनै अवरोध गरे भने पनि त्यसले चिनियाँ व्यवसायीलाई असर पार्छ । नेपालको विकासमा भारत धेरै वर्षदेखि संलग्न हुँदै आएको छ । भारतीयको तुनलामा चिनियाँ व्यवसायी र लगानीकर्ता नेपालमा नयाँ हुन् ।
नेपालमा थुप्रै भारतीय श्रमिकहरु काम गर्छन् । उनीहरुको प्रभाव पनि छ । उदाहरणका लागि चीनले एक हजार मेगावाटभन्दा ठूला जलविद्युत उद्योगमा लगानी गर्न खोज्छ, तर भारतीयकै अवरोधले गर्दा सफल हुन सक्दैन ।
विगतका सरकारलाई प्रभावमा पारेर भारतले नेपालका मुख्य पाँचवटा नदीलाई ओगटेको छ । यस्तो अवस्थामा नेपालमा व्यवसाय गर्न चीनले भारतसँग प्रतिस्पर्धा गर्न सक्दैन । गरिहाले पनि चीनले जित्ने सम्भावना अत्यन्त कम हुन्छ ।
भारतले नेपालका सबै क्षेत्रमा नियन्त्रण जमाउन खोजेको छ । कतिपय अवस्थामा सफल पनि भएको छ । यसले गर्दा चिनियाँ व्यवसायीलाई नेपालमा केही अप्ठ्यारो छ । भारतको तुलनामा चीनसँग ठूलो पुँजी छ । पूर्वाधार निर्माणमा चीनको व्यवस्थापन र सुरक्षा राम्रो छ, अत्याधुनिक प्रविधि छ । त्यसकारण नेपालको विकास चीन र भारतले समन्वय गरेर अगाडि बढ्ने हो भने नेपालका लागि त्यो सुनौलो अवसर हुनेछ ।
(कान्तिपुर दैनिकमा प्रकाशित सिआइसिआरआरका निर्देशक प्रा. हु सिसेङसँगको अन्तर्वार्ताको अंश)

Post a Comment

0 Comments